सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याइयो l

धनगढी — सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा रहेको एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सम्मिलित संयुक्त सरकारले भागबन्डा तथा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनका लागि मन्त्रालय विभाजन गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार यसअघि बिनाविभागीय रहेका पाँच जना मन्त्रीलाई जिम्मेवारी दिन चार वटा मन्त्रालय विभाजन गरेका हुन् । सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याइयो ।मुख्यमन्त्री सोडारीले यसअघि कायम रहेका भौतिक पूर्वाधार विकास ।मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि..

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल l

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब अनलाइन बाट l

असार १५ — आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिए । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुने छ ।..

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

१४ असार , नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष टोलीले थापालाई बौद्धबाट पक्राउ गरेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरलाई बताए । उनका अनुसार थापालाई शुक्रबारै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइने छ । शनिबार बिदा भएकाले आइतबार जिल्ला अदालत, काठमाडौंमा पेस गरिने उनले बताए । प्रहरी स्रोतका अनुुसार, पूर्वगृहमन्त्री पुत्र..

एकीकृत समाजवादीको नयाँ नेतृत्वमा झलनाथ ब्याक, घनश्यामलाई अगाडि बढाउने

१२ असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् । ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’,..

पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिदैन, मेरो उम्मेद्धवारी हुन्छः झलनाथ खनाल

१२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन नरोकिने र आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । अहिले पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए । नेकपा..

एमाले जम्बो टोली चीन जादैँ

११ असार, काठमाण्डौँ । एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको जम्बो टोली चीन जान लागेको छ । ३० सदस्यीय टोली मध्यरात काठमाडौंबाट चाइना साउदर्नको उडानमा ग्वाङ्चौ प्रस्थान गर्ने तयारी छ । टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्यहरु विनोद श्रेष्ठ,सुजिता शाक्य, धेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल छन् । त्यसैगरी केन्द्रीय सदस्यबाट इन्दिरादेवी गौतम, जीवन गौतम, लालबहादुर घाप्र, प्रेमप्रसाद दंगाल, नागेन्द्र शाही,पेम्बा लामा, बदमी कवारी, प्रेमबहादुर तामाङ्ग, भिष्मनाथ अधिकारी पनि टोलीमा..

कोशी प्रदेश सरकार विरुद्धको केदार कार्कीको रिट खारेज

११ असार, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार..

बजेटमा उठेका विषयहरूलाई समेट्ने प्रयास हुँदैछः प्रधानमन्त्री प्रचण्ड

११ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा उठेका विषयहरूलाई पनि समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ। मैले अर्थमन्त्रीलाई पनि भनेको..

प्रधानमन्त्रीलाई पनि नपत्याउने मुख्य सचिव अन्ततः राष्ट्रिय योजना आयोगमा थन्किए

१० असार, काठमाण्डौँ । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नेपालको इतिहासमा पहिलो पटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुख्यसचिव विरुद्धको भ्रष्टाचार मुद्दालाई लिएर सरकारको पनि आलोचना सुरु भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यसचिव अर्याललाई..