महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति

१० असार, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । आर्थिक वर्ष २०८१।०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि गरिएको विनियोजनको सम्बन्धमा आज प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले त्यस्तो बताईन । ‘गत ज्येष्ठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीय ज्युहरूले महिलाहरू असक्षम र सङ्कीर्ण सोच..

रामबहादुर बम्जन दोषी ठहर

१० असार, काठमाण्डौँ । बाल यौन दुराचार सम्बन्धी कसुरमा लिटिल बुद्ध उपनामले परिचित रामबहादुर बम्जन दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् । बम्जनलाई कति सजाय हुने भनेर असार १७ गते तय हुने सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदम अधिकारीले जानकारी दिए । आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप..

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

१० असार, काठमाण्डौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले उल्लेख गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा पेस भएको विभिन्न चार विधेयकलाई पारित..

कोशी प्रदेश सरकार विरुद्धको मुद्धा हेर्दाहेर्दैमा

९ असार, काठमाण्डौँ । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । जेठ ३१ मा सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दामा राखेर आइतबार सुनुवाइ भएको थियो । बहस नसकिएपछि पूर्ण इजलासले आइतबार पनि हेर्दाहेर्दैमा राखेको हो । अब अर्काे सुनुवाइ सोमबार नै छ । आइतबारको बहसमा निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए..

मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

९ असार, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा .वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको आयोगका एक जना उच्च अधिकृतले बताए । प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको..

जनता समाजवादी पार्टीले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

९ असार , काठमाण्डौँ ।  जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश सरकारमा तीन जना सांसद रहेको जसपाभित्र दुई जना अशोक राईतिर र समानुपातिक सांसद अम्बिका काफ्ले यादवतिर गएका छन् । जसपा, नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दलको प्रमुख सचेतक रहेकी काफ्लेले लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई दिएको समर्थन फिर्ता लिएकी हुन् । जेठ ५ गते पार्टीको लुम्बिनी प्रदेशको..

प्रतिपक्षको भूमिका कांग्रेस थप सशक्त हुन्छः सभापति देउवा

८ असार, नवलपरासी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । आज शनिबार पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलका पिता पृथ्वीराज कंडेलको नामाङ्करण रहेको बसपार्कको उद्घाटन समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् । अहिले नेपाली कांग्रेस प्रतिपक्षमा रहेपनि कांग्रेसकै आलोचना भैरहेको बताउँदै उनले संसदमा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिहेकाले जनताका समस्यालाई संसदमा प्रभावकारी..

मलाई सरकारबाट हटाउन सजिलो छैन, जादुमय नम्बर साथमा छः प्रधानमन्त्री प्रचण्ड

८ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । आज शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको..

रमेश लेखक भन्छन्- बजेटप्रति प्रधानमन्त्री नै सन्तुष्ट हुनुहुन्न

६ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको..

नेपाल–चीन सीमा विवाद समाधान गर्न परराष्ट्र सचिव स्तरीय बैठक बस्ने

६ असार । नेपाल–चीन सीमा समस्या समाधानका लागि दुई देशको परराष्ट्र सचिव स्तरीय बैठक बस्ने भएको छ। त्यसको लागि बुधबारदेखि संयुक्त विज्ञ समूहको बैठक चीनमा जारी छ । उक्त समूहले निकालेको निष्कर्षका आधारमा दुई देशका परराष्ट्र सचिव स्तरीय बैठक असार ११ गते नेपालमा बस्ने भएको हो । २०६३ मा संयुक्त विज्ञ समूहको गठन भएको थियो । त्यसको पहिलो बैठक नेपालमै बसेको थियो । दोस्रो बैठक २०६९मा चीनमा बस्ने भनिएपनि तत्कालीन..