कांग्रेसको जवाफ आएपछि कोशीमा एमाले–कांग्रेसको सरकार बन्छः मुख्यमन्त्री कार्की

४ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् । आज शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरणभन्दा फरक रहने सोच नभएको भन्दै त्यहीअनुसार सरकार बन्ने बताए । सरकार पुनर्गठनका लागि कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको कार्कीले सुनाए । उनले भने, ‘कांग्रेसको जवाफ पर्खिरहेका छौं । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको..

माओवादी, रास्वपा र एसले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने

४ साउन, काठमाण्डौँ । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन..

अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि उपसभामुख दवावमा

४ साउन, काठमाण्डौँ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई..

बंगलादेशमा झन् भड्कियो आन्दोलन, मृत्यु हुनेको संख्या २५ पुग्यो

४ साउन, बीबीसी । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु..

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल

३ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।..

समाजवादी मोर्चाको बैठक बस्दै

१ साउन, काठमाण्डौँ । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् । यसअघि मोर्चामा..

एक महिना भित्र फरक काम गरेर देखाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

१ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यो मन्त्रिपरिषद्को विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएको..

शेखर कोइराला पक्षले देउवालाई बुझायो चार जना मन्त्रीको नाम

३० असार, काठमाण्डौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चार जना नै मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो । आजै बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । त्यस्तै कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरेको छ । कांग्रेसले..

मन्त्रीहरुको नाम टुंगो लगाउन एमालेको छलफल सुरु

३० असार, काठमाण्डौँ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा एमालेले छलफल सुरु गरेको छ । सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाउन एमाले अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु छलफलमा बसेका हुन् ।  

प्रधानमन्त्री नियुक्त भएपछि पुर्वराष्ट्रपति भण्डारी भेट् पुगे ओली

३० असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भण्डारी निवास चपली पुगेका ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएकी भेटमा सहभागी एमाले नेता दीपक निरौलाले जानकारी दिए । ओली राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिएलगत्तै भण्डारीलाई भेट्न गएका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारेमा पनि अनौपचारिक छलफल भएको निरौलाले बताए ।