मेलम्ची खानेपानीलाई एडीवीले २ अर्ब अनुदान दिने

५ असार । एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ। सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले २..

बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको हो ?-अमरेशको प्रश्न

५ असार । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे । ‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’,..

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

५ असार । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ। दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख..

गायिका अस्मिता र महेशले गरे दुबईमा इन्गेजमेन्ट

५ असार । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्। उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’

अविरल बर्षाका कारण ताप्लेजुङमा मानवीयसँगै लाखौंको भौतिक क्षति

५ असार । ताप्लेजुङमा १० दिनदेखि अविरल परेको पानीले मानवीयसँगै लाखौंको भौतिक क्षति भएको छ। गत जेठ २७ गतेदेखि असार ५ गते बिहानसम्म अविरल रुपमा पानी परिरहेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रवी रावलले अहिलेसम्म संकलन गरिएको विवरण अनुसार पहिरोमा परि दुई पुरुष र तीन महिलासहित पाँच जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमका ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती..

भरतले पेरिस पारालिम्पिक खेल्ने

५ असार । नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई पत्र पठाएर भरतको सहभागिता निश्चित गरेको हो । भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा  प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने  छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन्..

दोस्रो जितको लक्ष्यमा जर्मनी

५ असार । घरेलु मैदानमा भइरहेको युरो २०२४ मा जर्मनीले बुधबार हंगेरीसँग आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ए मा रहेको जर्मनी लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । जर्मनी र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे स्टुटगार्ड एरेनामा हुनेछ । जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५-१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा आयोजक जर्मनी छ । उता..

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

५ असार, कमलामाई (सिन्धुली) । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्काेट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्काेटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका..

स्वदेश फर्किए राष्ट्रपति पौडेल

५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन्। उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड..

रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

५ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ। आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो । ओपनर कुशल..