समाचार
बागमतीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
६ असार, बरहथवा (सर्लाही) । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका..
युरोपको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ भक्तपुरमा
६ असार, भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ। तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा यो चरा देखिएको बताए । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी..
युरो २०२४- लगातार दोस्रो खेल जित्दै जर्मनी अन्तिम १६ मा
६ असार । आयोजकले जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २-० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको छ । दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान इल्के गुन्डागोनले..
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्..
युवा तथा खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून
५ असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलमा भाग लिँदै सांसद पुष्पबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयको कूल बजेटको एक प्रतिशत पनि नपुग्ने बताएका छन्। युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले भने, “एक प्रतिशत एकदमै न्यून बजेट हो, चालु खर्च बढाउने प्रवृत्तिले यो बजेटमा खेलकुद पूर्वाधार निर्माण, खेलाडीको क्षमता वृद्धि विकासलाई..
बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै
५ असार । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न ८ मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार बुधबार अपराह्न बस्ने दोस्रो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकेर असार..
७२ जिल्लामा फैलियो डेंगु
५ असार । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन । बागमती प्रदेशमा ४०३, कोशीमा २७७,..
नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न एमाले सांसद पन्तको प्रस्ताव
५ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न प्रस्ताव गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने उनको भनाइ छ । ‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘तयसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ,..
आईसीसी टी-२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी छैटौं स्थानमा उक्लिए
५ असार । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन्। आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए । वरियता सुधार्ने क्रममा दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्र्दै पहिलो स्थानमा उक्लिएका छन् ।..
झापाका तीन पालिका २८ घण्टायता अन्धकार
५ असार । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन्। चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पुर्याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको हो । सोमबार राति परेको चट्याङले विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत तीनवटा पालिकाको विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । सदरमुकाम चन्द्रगढीमा समेत विद्युत सेवा छैन । चट्याङले बिर्तामोड..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७