समाचार
एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा चर्च ब्वाइज र भुटानको पारो एफसी भिड्ने
६ असार । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्ने भएको छ। यी दुई टोलीबीचको खेल अगस्ट १३ मा हुनेछ। सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम एक लाख अमेरिकी डलर प्राप्त..
नेपाल–चीन सीमा विवाद समाधान गर्न परराष्ट्र सचिव स्तरीय बैठक बस्ने
६ असार । नेपाल–चीन सीमा समस्या समाधानका लागि दुई देशको परराष्ट्र सचिव स्तरीय बैठक बस्ने भएको छ। त्यसको लागि बुधबारदेखि संयुक्त विज्ञ समूहको बैठक चीनमा जारी छ । उक्त समूहले निकालेको निष्कर्षका आधारमा दुई देशका परराष्ट्र सचिव स्तरीय बैठक असार ११ गते नेपालमा बस्ने भएको हो । २०६३ मा संयुक्त विज्ञ समूहको गठन भएको थियो । त्यसको पहिलो बैठक नेपालमै बसेको थियो । दोस्रो बैठक २०६९मा चीनमा बस्ने भनिएपनि तत्कालीन..
अनेरास्ववियुको कोशी प्रदेशस्तरीय प्रचार भेला बिर्तामोडमा सुरु
६ असार । झापाको बिर्तामोडमा अनेरास्ववियुको प्रचार भेला सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रचार भेलामा प्रदेशका सबै जिल्लाहरुबाट अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको छ। अनेरास्ववियुले कोशी प्रदेशबाट सुरु गरेको प्रचार यात्रालाई सातै प्रदेशमा सञ्चालन गरिने बताइएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रचार भेलामा विद्यार्थीहरुलाई पछिल्लो समय विकास भएका सूचना प्रविधिका बारेमा सहजीकरण गरिने छ । डिजिटल माध्यमहरुबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन सहभागी विद्यार्थीहरुलाई सहजीकरण गरिने..
भारतीय दूतावासले लुम्बिनीमा मनायो योग दिवस
६ असार । नेपालस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार बृहत योग प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो । ‘स्वयम् र समाजका लागि योग’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यति महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा राजदूतावासलाई धन्यवाद दिए । स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी..
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने
६ असार । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को..
इलामका जनता आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित भए: सुहाङ नेम्बाङ
६ जेठ, काठाकाठामाण्डौ । इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामका जनता आधारभूत निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको बताएका छन् । इलामको एक मात्रै जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक पदपूर्ति नहुदा इलामका नागरिक निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको उनको भनाई छ । विहिबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद नेम्वाङले इलामको एकमात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि..
बिरिङको बाढीले भत्कायो हुलाकी मार्ग
६ असार । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ। झापा गाउँपालिका वडा नं.५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको ४० प्रतिशत हुलाकी भत्केको स्थानीयले जानकारी दिएका छन् । निरन्तर वर्षा भईरहेको खण्डमा पुर्ण रुपमा सडक भत्किएर आवतजावत गर्न हुलाकी मार्ग अवरुद्ध हुने सम्भावना रहेको बताइएको छ ।
वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जीत
६ असार । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले..
प्रदेश सभा बैठकमा सहभागी हुन प्रतिपक्षी दल तयार
६ असार, विराटनगर । आर्थिक वर्ष २०८१र८२ को बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिस्कार गर्दै आएका प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन तयार भएका छन्। बुधबार सरकारसँग भएको छलफलपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राप्रपा आर्थिक विधेयक माथिको छलफलमा सहभागी हुन तयार भएका हुन् । बुधबारदेखि आर्थिक विधेयक माथिको छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशसभाको १० औं बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाले बहिस्कार..
रवि लामिछाने भन्छन्- जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो
६ असार । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन्। श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७