समाचार
बजेटमा उठेका विषयहरूलाई समेट्ने प्रयास हुँदैछः प्रधानमन्त्री प्रचण्ड
११ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा उठेका विषयहरूलाई पनि समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ। मैले अर्थमन्त्रीलाई पनि भनेको..
प्रधानमन्त्रीलाई पनि नपत्याउने मुख्य सचिव अन्ततः राष्ट्रिय योजना आयोगमा थन्किए
१० असार, काठमाण्डौँ । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नेपालको इतिहासमा पहिलो पटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुख्यसचिव विरुद्धको भ्रष्टाचार मुद्दालाई लिएर सरकारको पनि आलोचना सुरु भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यसचिव अर्याललाई..
नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा ‘डग च्यू’ अर्थात छुर्पी
१० असार, काठमाण्डौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् । अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ । उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज..
महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति
१० असार, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । आर्थिक वर्ष २०८१।०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि गरिएको विनियोजनको सम्बन्धमा आज प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले त्यस्तो बताईन । ‘गत ज्येष्ठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीय ज्युहरूले महिलाहरू असक्षम र सङ्कीर्ण सोच..
रामबहादुर बम्जन दोषी ठहर
१० असार, काठमाण्डौँ । बाल यौन दुराचार सम्बन्धी कसुरमा लिटिल बुद्ध उपनामले परिचित रामबहादुर बम्जन दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् । बम्जनलाई कति सजाय हुने भनेर असार १७ गते तय हुने सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदम अधिकारीले जानकारी दिए । आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप..
बिर्तामोड–शनिश्चरे सडकखण्डमा कालोपत्र गर्ने काम सुरु
१० असार, झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो । बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको र मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिने उनको भनाई छ । बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर..
संघीयतापछिको बाह्रदशीः महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित काम धेरै
१० असार, झापा । संघीयतापछि झापाको बाह्रदशी गाउँपालिकाको विकास सन्तोषजनक रहेको पाइएको छ । संघीयतापछि भएको राज्य पुनर्संरचनापछि स्थानीय तहमा आर्थिक स्रोतहरु परिचालन गरेर स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने काम गर्दै आएको बाह्रदशीले ठूला र महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित याजनाको काम सम्पन्न गर्दै कृषि विकास, र पूर्वाधार निर्माणमा योगदान पुर्याएको बताइएको छ । पालिकाभित्रका आवश्यकताहरु पहिचान गर्दै जनप्रतिनिधिले विकास योजनाहरु तयार पार्न र कार्यान्वयन गराउँदा बाह्रदशीको विकास सन्तोषजनक देखिएको बताइएको छ..
बैकुण्ठ अर्यालबारे सरकार भन्छः मुद्दा लाग्दैमा दोषी प्रमाणित हुदैन
१० असार, काठमाण्डौँ । सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गरेकी छन् । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले आरोप लाग्दैमा दोषी प्रमाणित नहुने बताइन् । मन्त्रिपरिषद्को बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ..
उत्तरी रुसको चर्चमा आक्रमण हुँदा २३ जनाको मृत्यु
१० असार, बीबीसी । रुसको उत्तरी ककेससस्थित दागिस्तानमा आइतबार हतियारसहितका व्यक्तिले दुई चर्च, यहुदीको उपासनास्थल सिनेगंग र एक प्रहरी पोस्टमा आक्रमण गरेका छन् । हमलामा १५ प्रहरी, चर्चका एक पादरी र एक सुरक्षा गार्ड मारिएका छन् । ६ आक्रमणकारी पनि मारिएका बताइएको छ । रुसी प्रहरीले आक्रमणको जाँच सुरु गरेको छ । अरू आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ । हतियारधारी समूहले मखाचकाला र डर्बेट सहरलाई आफ्नो निसाना बनाएको थियो ।..
मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगायो
file photo. १० असार, मेलम्ची । गए रातिको वर्षापछि मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११, फट्टेस्थित अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । ०७८ को बाढीले पुल बगाएपछि उक्त स्थानमा ह्युमपाइप राखिएको थियो । अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई उक्त..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७