समाचार
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात..
एमाले जम्बो टोली चीन जादैँ
११ असार, काठमाण्डौँ । एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको जम्बो टोली चीन जान लागेको छ । ३० सदस्यीय टोली मध्यरात काठमाडौंबाट चाइना साउदर्नको उडानमा ग्वाङ्चौ प्रस्थान गर्ने तयारी छ । टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्यहरु विनोद श्रेष्ठ,सुजिता शाक्य, धेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल छन् । त्यसैगरी केन्द्रीय सदस्यबाट इन्दिरादेवी गौतम, जीवन गौतम, लालबहादुर घाप्र, प्रेमप्रसाद दंगाल, नागेन्द्र शाही,पेम्बा लामा, बदमी कवारी, प्रेमबहादुर तामाङ्ग, भिष्मनाथ अधिकारी पनि टोलीमा..
सन्दकपुर गाउँपालिकाको बजेट ४१ करोड ७ लाख
११ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१।०८२ को लागि ४१ करोड ७ लाख ६ हजार रुपैयाको बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक विकास तर्फ ७ करोड ५१ लाख (१८.२५) बजेट ल्याएको छ । सामाजिक विकास तर्फ १६ करोड ५८ लाख ५० हजार (४०.५५), पुर्वाधार विकास क्षेत्रमा ८ करोड ५९ लाख १३ हजार (२०.९५) बजेट ल्याएको हो । त्यस्तै वन वातावरण क्षेत्र तर्फ ३२ लाख ५० हजार..
राहत माग्दै आरती रावल झण्डामाथि चढेपछि…
११ असार, काठमाण्डौँ । पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले आज माइतीघरमा रहेको झण्डामाथि उक्लिएर प्रहरीलाई हैरानी दिएकी छन् । घटना दिउँसो साढे दुई बजेतिरको हो । श्रीमानले आफूमाथि बलात्कार गरेको भनेर लामो समयदेखि कानूनी लडाईं लडिरहेकी आरतीले अदालतबाट मुद्दा जितिसकेकी छन् । उनका श्रीमानलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । त्यसयता आरतीले सरकारबाट राहत तथा क्षतिपूर्तिको माग राखेर संघर्षलाई निरन्तरता दिँदै आएकी छन् । आज दिउँसो..
यातायात कार्यालय झापाले ११ महिनामा ८५ करोड ७५ लाख राजस्व सङ्कलन गर्यो
११ असार, झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार सात सय..
कोशी प्रदेश सरकार विरुद्धको केदार कार्कीको रिट खारेज
११ असार, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार..
चुलाचुली ६ को सार्वजनिक सुनुवाई कार्यक्रम रमितेमा सम्पन्न
११ असार, इलाम । चुलाचुली गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाई कार्यक्रम रमिते (साकफारा)मा सोमबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा ६ नं. वडा सम्पर्क कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा ४० जना बढीको उपस्थिति थियो । कार्यक्रममा ६ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए..
बिर्तामोड नगरपालिकाको १ अर्ब ३९ करोड ९६ लाखको बजेट प्रस्तुत
११ असार, झापा । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को दोस्रो नगर सभाको पाचौं अधिवेशनबाट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । ‘उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास र सुशासन सहितको समृद्धि’ भन्ने मूल नारासहित नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका हुन् । संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ..
चट्याङ लागेर झापामा दुई जनाको मृत्यु
११ असार, झापा । झापाका छुट्टा–छुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासंगै आज बिहान परेको चट्याङले लागेर कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय लीला भनिने विकास गिरीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान खेतमा काम गर्ने क्रममा उनीहरु माथि चट्याङ परेको थियो । चट्याङ लागेर घाइते भएका खड्कालाई उपचारको लागि..
गण्डकी सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने एमाले सांसदको चेतावनी
११ असार, कास्की । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसद कृष्ण पाठकले प्रदेश सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने चेतावनी दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले प्रदेश सरकारले बजेट नसच्याए बजेट पुस्तिा च्यात्नेमात्र नभई आगो लगाईदिने धम्की दिएका छन् । ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकले..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७