ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण

१० असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं. ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातको प्रजनन योग्य पाठी र छ वटा उन्नत जातको बोका वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं. वडा..

माङसेबुङ गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित (पुर्णपाठ सहित)

१० असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । माङसेबुङको गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष हेमन्त राईaले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वार्षिक नीति तथा कार्यक्रमकोे पुर्णपाठ ः माङसेबुङ गाउँपालिकाको गाउँसभाको १५ औ अधिवेशनको पहिलो बैठकमा मिति २०८१ असार ९ गते अध्यक्ष हेमन्त राईले पेश गर्नुभएको आ. व.२०८१।०८२ को वार्षिक नीति तथा कार्यक्रम गाउँसभाका उपाध्यक्ष तथा..

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

१० असार, काठमाण्डौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले उल्लेख गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा पेस भएको विभिन्न चार विधेयकलाई पारित..

एसईईको नतिजा एक हप्ताभित्रमा प्रकाशन गर्ने तयारी

९ असार, काठमाण्डौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको जनाएको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको उनले बताए । यस..

कोशी प्रदेश सरकार विरुद्धको मुद्धा हेर्दाहेर्दैमा

९ असार, काठमाण्डौँ । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । जेठ ३१ मा सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दामा राखेर आइतबार सुनुवाइ भएको थियो । बहस नसकिएपछि पूर्ण इजलासले आइतबार पनि हेर्दाहेर्दैमा राखेको हो । अब अर्काे सुनुवाइ सोमबार नै छ । आइतबारको बहसमा निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए..

निमित्त मुख्य सचिवको जिम्मेबारी लीलादेवी गड्तौलाले सम्हाल्ने

९ असार, काठमाण्डौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् । सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै..

विशेष अदालतमा मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा

९ असार, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् । सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अरबौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै शुक्रबार अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् । दफा १७ मा..

मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

९ असार, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा .वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको आयोगका एक जना उच्च अधिकृतले बताए । प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको..

जनता समाजवादी पार्टीले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

९ असार , काठमाण्डौँ ।  जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश सरकारमा तीन जना सांसद रहेको जसपाभित्र दुई जना अशोक राईतिर र समानुपातिक सांसद अम्बिका काफ्ले यादवतिर गएका छन् । जसपा, नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दलको प्रमुख सचेतक रहेकी काफ्लेले लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई दिएको समर्थन फिर्ता लिएकी हुन् । जेठ ५ गते पार्टीको लुम्बिनी प्रदेशको..

प्रतिपक्षको भूमिका कांग्रेस थप सशक्त हुन्छः सभापति देउवा

८ असार, नवलपरासी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । आज शनिबार पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलका पिता पृथ्वीराज कंडेलको नामाङ्करण रहेको बसपार्कको उद्घाटन समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् । अहिले नेपाली कांग्रेस प्रतिपक्षमा रहेपनि कांग्रेसकै आलोचना भैरहेको बताउँदै उनले संसदमा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिहेकाले जनताका समस्यालाई संसदमा प्रभावकारी..