११ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१।०८२ को लागि ४१ करोड ७ लाख ६ हजार रुपैयाको बजेट ल्याएको छ ।
गाउँपालिकाले आर्थिक विकास तर्फ ७ करोड ५१ लाख (१८.२५) बजेट ल्याएको छ ।
सामाजिक विकास तर्फ १६ करोड ५८ लाख ५० हजार (४०.५५), पुर्वाधार विकास क्षेत्रमा ८ करोड ५९ लाख १३ हजार (२०.९५) बजेट ल्याएको हो ।
त्यस्तै वन वातावरण क्षेत्र तर्फ ३२ लाख ५० हजार (०.८५), संस्थागत विकास तर्फ ८ करोड ५ लाख ८५ हजार (१९.६५) बजेट सार्वजनिक गरेको हो । गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले बजेट प्रस्तुत गरेका हुन् ।