समाचार
जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षीमा ६० बर्षीय पवित्रा भेटवालको निधन
१५ चैत, झापा । जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ निवासी ६० बर्षीय पवित्रा भेटवालको निधन भएको छ। हात्तीले कुल्चीएर लछारपछार पार्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी–११ स्थित दुधेबाट उत्तर रतुवामाई बृक्षारोपण आयोजनाको बनमा श्रीमानसंग घाँस दाउरा गर्न गएकी भेटवाललाई करिब ५ः४५ बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाल घाइते भएका छन् । उनको मुख, हात र..
कांग्रेस महामन्त्री गगन थापाले आजदेखि पुनः सुरु गरे ‘संवाद यात्रा’
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट सुरु गरेका हुन् । १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री..
महाधिवेशनको तयारीमा जसपा
१४ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पहिलो महाधिवेशनको तयारी तीव्र पारेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि मधेस प्रदेशको राजधानी जनकपुरमा हुनेछ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको कार्यदलले राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको कार्यदलले पार्टीको नीति तथा कार्यक्रमको प्रतिवेदन अन्तिम चरणमा पुगेको जसपाले जनाएको छ । जसअनुसार श्रेष्ठले तयार पारेको प्रतिवेदनको मस्यौदाले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । जसअनुसार पार्टी..
अर्थमन्त्रालयको महाशाखामा जिम्मेवारी हेरफेर
१४ चैत । अर्थमन्त्रालयको शक्तिशाली मानिने तीन महाशाखामा जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया सुरू हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ । अनुगमन मूल्यांकन महाशाखाका धनिराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा पठाइएको छ । बजेट लेखनमा यी तीन महाशाखाको भूमिका प्रमुख मानिन्छ । अन्य महाशाखाका प्रमुख..
अमेरिकामा पानीजहाज ठोक्किएर पुल भत्किँदा ६ जनाको मृत्यु
१४ चैत । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पानीजहाज ठोक्किएर पुल भत्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । कन्टेनर बोकेको पानीजहाज ठोक्किँदा मंगलबार बिहानै २.५७ किलोमिटर लामो फ्रान्सिस स्कट की ब्रिज पुल भत्किएको थियो । पुल भत्किँदा मर्मतको काम गरिरहेका आठ कामदार नदीमा खसेका थिए । तीमध्ये दुईजनाको उद्धार भएको थियो भने ६ जना लामो समयसम्म फेला नपर्दा मृत्युको आशंका गरिएको हो । अहिले अधिकारीहरूले उद्धारको प्रयास रोकेर..
दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरे : गृहमन्त्री लामिछाने
१४ चैत, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमनत्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए । “हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ,” गृहमन्त्री लामिछानेले भने, “हतियारको मालिक एउटा चलाउने अर्काे व्यक्ति..
सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन- गृहमन्त्री लामिछाने
१४ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए । ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ,..
सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१४ चैत । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आर्थिक वर्ष २०७८र७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको उजुरी परेको थियो..
ईटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
१४ चैत, सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी– ५ का ३७ वर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो..
बुद्धशान्तिबाट ब्राउन सुगरसहित २ जना पक्राउ
१४ चैत, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ वर्षीय श्याम सुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७