रुस–युक्रेन युद्धमा घाइते नेपालीका परिवारले गरे सिंहदरबार अगाडि प्रदर्शन

रुस–युक्रेन युद्धमा घाइते नेपालीका परिवारले गरे सिंहदरबार अगाडि प्रदर्शन

६ बैशाख । रुस–युक्रेन युद्धका क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारले सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने माग राख्दै उनीहरूले बिहीबार सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्न माग गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर