बेंग्लुरु आईपीएलको प्लेअफमा

६ जेठ । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो । २०१ रन बनाएर पराजित भएको भए..

किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै बस्न आग्रह

६ जेठ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल..

ललितपुर आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु

६ जेठ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । सञ्जय ग्वार्काेस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा थिए..

वडा नं. ११ ले जित्यो शिवसताक्षी मेयर कप फुटबलको उपाधि

६ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी वडा नं. ११ ले जितेको छ । वडा नं. ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ११ ले उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । उपाधि हात पारेसँगै वडा नं. ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ..

बीएण्डसीमा हेड तथा स्पाइनल इन्जुरी सेवा सुरु

५ जेठ, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको छ । नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रवारदेखि सुचारु गरेको जानकारी दिएको हो । अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीसहित चिकित्सकहरूले विपन्न नागरिक औषधि कोष अन्तरगतका सेवाका बारेमा पत्रकारहरूलाई जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रम अन्तरगत..

विदेशमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न सरकारसँग देउवाको आग्रह

५ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औं साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारी थुप्रै समस्या रहेको बताए । विदेशमा रोजगार गर्न जाने र त्यहाँ श्रमीकले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै उनले श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा..

विराटनगर भित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला

५ जेठ । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गर्नुभयो..

सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

५ जेठ । धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।  विश्व एथ्लेटिक्स महासंघ (डब्ल्युए)का अनुसार उनले  युनिभर्सल कोटा (वाईल्ड कार्ड)मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्। ओलम्पिक खेल्ने पक्का भएसँगै ३० वर्षीय सन्तोषीले सक्दो राम्रो प्रदर्शन गर्ने बताइन्। ‘ओलम्पिक खेल्ने सपना पूरा भएकोमा एकदमै खुसी लागेको छ। सक्दो राम्रो गर्ने कोसिस गर्छु,’ उनले भनिन्। सन्तोषी १३औँ दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता हुन्। उनले १० हजार मिटर दौड ३५..

ललितपुर चोरीको घटनामा संलग्न ६ जना पक्राउ

५ जेठ । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोन लगायतका धनमालहरु चोरी गर्ने ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका वडा नं४ गौसरा स्थायी घर भई ललितपुर महानगरपालिका वडा नं १५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापा..

‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’- रमेश लेखक

५ जेठ, काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला ।’ कांग्रेसको माग सम्बोधन गर्नेबारे आजै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग..