बिर्तामोडमा सडेको अवस्थामा पुरुषको शव फेला

६ जेठ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो । आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो । शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिने

६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ,..

श्रमदानमा जुट्दै माङसेबुङबासी

  ६ जेठ । इलामको माङसेबुङ गाउँपालिकाबासी श्रमदानमा जुट्न थालेका छन् । ‘हप्ताको ६ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि’ भन्ने मूल नाराका साथ स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको अगुवाईमा श्रमदानमा जुट्न थालेका हुन् । समूहले सुरूवात गरेको श्रमदान अभियानमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङसहित विभिन्न वडाबाट सहभागिता सुरु भएको छ । समूहले शनिबार दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) अन्तरगत माङसेबुङ गाउँपालिका-२ र ३ को सीमानामा पर्ने भोटेडाडाँ हुँदै..

 बिरिङ र निन्दा नदीमा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान

६ जेठ, झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण..

तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर सडकमा

६ जेठ, झापा । गत फागुन महिनादेखि तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर आन्दोलनमा उत्रिएका छन् । शनिवार र्यालीसहित तलव भुक्तानीको माग गर्दै पहिलो चरणको आन्दोलन सुरु गरेका हुन् । मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो । श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो । नेपाल कृषि तथा बगान..

मोरङमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

६ जेठ । मोरङको विराटनगर महानगरपालिका–१८ स्थितमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय राज शर्मा छन् । शनिबार दिउँसो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुमना भन्छिन्- अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छ

६ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताएकी छन् । आइतबार माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर बिरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंको मागलाई ऐक्यबद्धता जनाउँदै उनले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको जानकारी दिइन् । उनले अनुमतिपत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले यसबारे आवश्यक कदम चालिरहेको जानकारी..

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण

६ जेठ । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ । आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ । वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ । यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि..

सुनचाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड

६ जेठ । स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत साताको बिहीबार जेठ ३ गते एक लाख ४० हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्यले पनि..

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइपलाइन’ विस्तार हुँदै

६ जेठ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ,” उनले भने, “टोलीको..