महेश बर्ताैला भन्छन्- कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्न छोडे हुन्छ

७ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले कांग्रेसले अबदेखि आफूलाई लोकतान्त्रिक पार्टी भन्न छोड्नुपर्ने बताएका छन् । संसद् भवन परिसरमा सोमबार पत्रकारहरूलाई प्रतिक्रिया दिँदै कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भएको उनले बताएका हुन् । बर्ताैलाले भने, ‘कांग्रेसले आजको प्रतिनिधि सभा बैठकमा जे गर्‍यो त्यसले यो पार्टी लोकतान्त्रिक होइन भन्ने पुष्टि भएको छ । अबदेखि कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्न छोडे हुन्छ ।’ आजको शैली र तरिका कांग्रेसका लागि घातक..

भद्रपुर नगरपालिकाद्वरा कृषकलाई अनुदानमा धानको बीउ वितरण

७ जेठ । भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो रु ६० देखि रु ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झौता गरेर वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले धानको बीउ नउम्रेमा, बाली नलागेमा बीउमा मिसावट देखिएमा वा बाली बिग्रन गई आर्थिक क्षति..

गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको बालेनले गरे नाम सार्वजनिक

७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका छन् । यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५०..

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै अध्यक्ष नारायण दाहालले मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजै प्रतिनिधिसभा बैठक कांग्रेससहितका दलको अवरोधका बीच सञ्चालन भएको थियो । उक्त बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका..

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु

७ जेठ ।  इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चार माध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल २१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको..

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । जसअनुसार सभामुखले..

कोशीमा सुरु भयो चलचित्र महोत्सव

७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कोशी चलचित्र महोत्सवको बिर्तामोडमा भएको उद्घाटन समारोहमा उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र..

मर्यो २ जनाको ज्यान लिएको नरभक्षी बाघ

७ जेठ ।  मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मंसिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार..

प्रधानमन्त्री प्रचण्ड भन्छन्- सुशासनको आशा जागेको छ

  ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण लगायतमा सरकारले निर्भिक र निष्पक्ष कारबाही गरेको दाबी गरे । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको भाश्य तोडिएको भन्दै उनले भने, ‘निर्भिक र निष्पक्ष कारबाहीले लोकतन्त्रको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।’

गृहमन्त्रीले लगाएका आरोप छानबिन गरी प्रमाणित गरियोस्- लेखक

७ जेठ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको पूर्वअडानमा दृढ रहेको बताएको छ । संसदीय दलको निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रष्ट तथ्य देखिएको दोहोर्‍याए । ‘समाचारमा प्रेषित होइन । प्रहरीमा उजुरी भएको प्रमाण छन् । रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने पूर्ववर्ति निर्णयमा हामी दृढ छौं । हाम्रो बटमलाइन त्यहि हो’, उनले भने ।..