सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

५ जेठ । धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।  विश्व एथ्लेटिक्स महासंघ (डब्ल्युए)का अनुसार उनले  युनिभर्सल कोटा (वाईल्ड कार्ड)मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्। ओलम्पिक खेल्ने पक्का भएसँगै ३० वर्षीय सन्तोषीले सक्दो राम्रो प्रदर्शन गर्ने बताइन्। ‘ओलम्पिक खेल्ने सपना पूरा भएकोमा एकदमै खुसी लागेको छ। सक्दो राम्रो गर्ने कोसिस गर्छु,’ उनले भनिन्। सन्तोषी १३औँ दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता हुन्। उनले १० हजार मिटर दौड ३५..

ललितपुर चोरीको घटनामा संलग्न ६ जना पक्राउ

५ जेठ । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोन लगायतका धनमालहरु चोरी गर्ने ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका वडा नं४ गौसरा स्थायी घर भई ललितपुर महानगरपालिका वडा नं १५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापा..

‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’- रमेश लेखक

५ जेठ, काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकरात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला ।’ कांग्रेसको माग सम्बोधन गर्नेबारे आजै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग..

गाजामा सहायता बढाउन आवश्यक छ- बाइडेन

५ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टिनीहरूले पीडा भोगिरहेको बताउँदै गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन्। सहायताको पहिलो खेप समुद्री मार्गबाट ​​गाजा आइपुगेको जानकारी दिँदै बाइडेनले यस्तो बताएका हुन् । बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट लेखेका छन्, ‘यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।’ यसअघि अमेरिकी सेनाले गाजामा..

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

  ५ जेठ । क्रिस्टियानो रोनाल्डो फोर्ब्सको सर्वाधिक धनाड्य खेलाडीको शीर्ष स्थानमा रहन सफल भएका छन् । पोर्चुगिज स्टार रोनाल्डो लगातार चौंथो पटक शीर्ष स्थानमा रहेका छन् । रोनाल्डो साउदी क्लब अल नासरमा २०२२ मा कीर्तिमानी मूल्यमा आवद्ध भएका थिए । उनले २०२५ सम्मको सम्झौता गरेका छन् । बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगिज फर्वाड रोनाल्डोले पछिल्लो १२ महिनामा २६० मिलियन डलर आम्दानी गरेका छन् । त्यस्तै, गल्फका जोन..

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

५ जेठ । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको..

प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख

५ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे हुने छलफल अवरुद्ध सदन खुलाउने विषयमा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ । आजै समय व्यवस्थापन भए सभामुख घिमिरेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसको अवरोधका कारण लगातार संसद् बैठक अवरुद्ध भएपछि सभामुख..

लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन झापामा सचेतनामूलक अभियान तीव्र

५ जेठ । लागुऔषधको कुलतबाट विद्यार्थीलाई जोगाउन झापामा विद्यालय लक्षित सचेतनामूलक अभियान तीव्र बनाइएको छ । शिवसताक्षी नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा लागुऔषधको कुलत नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम पुर्याउन अभियान सुरु गरेको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । नेपाल स्काउटको नगर समितिसँग सहकार्यमा नगरपालिकाले भगवती माध्यमिक विद्यालयबाट अभियान सुरु गरेको छ । आगामी एक महिनाभित्र नगरभित्रका २२ वटा माध्यमिक तहका विद्यालयका एक हजार विद्यार्थीमाझ अभियान पुर्याउने नगरपालिकाको योजना छ। “लागुऔषधको डढेलोले परिवार, गाउँ..

ठेकेदार कम्पनीलाई पोस्ने निणर्य गरिएको भन्दै माङसेबुङमा विरोध सुरु

५ जेठ । गाउँपालिकाले ठेकेदार कम्पनीलाई पोस्ने गरी निणर्य गरिएको भन्दै इलामको माङसेबुङ गाउँपालिकामा विरोध सुरु भएको छ । गाउँसभाबाटै ठेकेदार कम्पनीलाई पोस्ने खालको निणर्य भएको भन्दै एक वडाअध्यक्षले लिखित रुपमा असहमति जनाएपछि सो निणर्य सार्वजनिक भएको हो । ठेक्का सम्झौताभित्र पर्ने सामग्री ढुवानी भाडाका लागि गाउँसभाबाट रकम विनियोजन भएपछि ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनमले असहमति जनाउनुभएको हो । माङसेबुङ गाउँपालिकासहित इलाम र पाँचथरमा पूर्ण विद्युतीकरणको ठेक्का पारेको..

बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव फेला

५ जेठ । झापाको बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ । बिर्तामोड–३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव शुक्रवार दिउँसो फेला परेको हो । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिड्ने व्यक्ति मृत फेला परेको स्थानीयले बताएका छन् । बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको..