रोचक

सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो प्रतिवेदन २६ जना अझै फरार
असार १७, ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। ६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ। प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्। सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई..

सत्ता ‘उथलपुथल’ को कसरत विभिन्न दल सम्मिलित वर्तमान गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्व शृंखलाबद्ध बैठकमा
17 असार , संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् । स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा पारेको छ । सत्ता ‘उथलपुथल’ को कसरत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर..

असई थमन विक हत्या अभियोगमा जन्मकैद सजाय पाएका पूर्वसांसद यादव पक्राउ l
काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा दोषी ठहर पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । यादवलाई शनिबार हिजो महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको मधेस प्रदेश प्रहरीका प्रमुख एवं डीआईजी यज्ञविनोलद पोखरेलले जानकारी दिए । असई विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले गएको मंसिरमा यादव, लोसपाका मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो । यादव ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट..

सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याइयो l
धनगढी — सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा रहेको एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सम्मिलित संयुक्त सरकारले भागबन्डा तथा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनका लागि मन्त्रालय विभाजन गरेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार यसअघि बिनाविभागीय रहेका पाँच जना मन्त्रीलाई जिम्मेवारी दिन चार वटा मन्त्रालय विभाजन गरेका हुन् । सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याइयो ।मुख्यमन्त्री सोडारीले यसअघि कायम रहेका भौतिक पूर्वाधार विकास ।मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि..

चिनियाँ नागरिक भेटिए मृत l
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनी असार १० गते देखि क्यान्सरको उपचार गराइरहेका थिए। आइतबार बिहान ९ बजेतिर उनी कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएको रिजालले बताए। ‘विदेशी नागरिक भएकाले अहिले हामीले सम्बन्धित दूतावाससँग समन्वय..

अत्यधिक फोन चलाउँदा हुने अन्धोपन के हो ?
स्मार्टफोन अत्यधिक प्रयोग गर्दा हुने अस्थायी अन्धोपनलाई सेल फोन अन्धोपन (ऋभिि उजयलभ दष्लिमलभकक) भनेर बुझ्ने गरिन्छ । अर्को भाषामा ‘टेम्पोररी मोनोकुलर भिजुअल इम्पेयरमेन्ट’ पनि भनिन्छ । सामान्यतः रातको समयमा एउटा आँखाले मात्र (जस्तैस् कोल्टे सुतेर अथवा अप्ठ्यारो मुद्रामा बसेर चलाउँदा ) स्मार्टफोन प्रयोग गर्नेलाई यो समस्या हुन सक्छ । किनकि एउटा आँखामा फोनको स्क्रिनबाट निस्कने चम्किलो प्रकाश र अर्कोमा चिम्लेकाले अँध्यारो प्रकाश पर्छ । जब दुवै आँखामा एउटै खालको प्रकाश..

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।
१४ असार , नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष टोलीले थापालाई बौद्धबाट पक्राउ गरेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरलाई बताए । उनका अनुसार थापालाई शुक्रबारै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइने छ । शनिबार बिदा भएकाले आइतबार जिल्ला अदालत, काठमाडौंमा पेस गरिने उनले बताए । प्रहरी स्रोतका अनुुसार, पूर्वगृहमन्त्री पुत्र..

यसरी साङ्ला विश्वभर फैलियो- गृहखबर
१६ जेठ । खाटको घर्रा होस् वा दराजको । भान्साको चेप होस् वा बाथरूमको, साङ्ला हामीले देखिरहेका हुन्छौँ । ६ खुट्टे यस किरालाई जति नै पिटे पनि हत्तपत्त मर्दैन । किटनाशक छर्किएर मारे पनि एक दुई दिनपछि फेरि उही संख्यामा देखिन थाल्छ । घरका कुनाकुना कब्जा गरेका साङ्लाको उत्पत्ति कहाँबाट भयो र विश्वभर कसरी फैलियो त ? अनुसन्धानकर्ताहरूले यसबारे रोचक तथ्य फेला पारेका छन् । हालै प्रकाशित भएको एक अध्ययनले..

उर्लाबारी–३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध, खेलाउनेलाई ५ रुपौँया जरिवाना
२३ पौष, मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर–३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुव्र्यसनमा फसाउन सघाउ पुगेको दाबी गरे । वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए । सार्वजनिक..

जन्मदा महिला अहिले पुरुषः के तपाई सोच्न सक्नुहुन्छ यो मान्छे महिला भनेर ?
४ जेष्ठ, काठमाण्डौँ । ‘डक्टरले भन्यो यो केटी हो । घरपरिवारको लागी म केटी नै थिए । विस्तारै मेरो ज्ञान पलाउन थाल्यो । मैले बुझिराखेको थिईनः म केटा जस्तो छु तर किन घरपरिवारले मलाई केटीको लुगा लगाइदिएर स्कुल पठाउछन् ।’ यो भनाई भारतको मुम्वाई शहरका एक तेस्रो लिङ्गी (ट्रान्स मेन) आर्यन पासाको हो । उनलाई देख्ने जो–कोहीले आर्यन ट्रान्स मेन हो भनेर विश्वास गर्न गाह्ररो मान्छन् । प्रायजसो युवतीहरु उनी..