जन्मदा महिला अहिले पुरुषः के तपाई सोच्न सक्नुहुन्छ यो मान्छे महिला भनेर ?

जन्मदा महिला अहिले पुरुषः के तपाई सोच्न सक्नुहुन्छ यो मान्छे महिला भनेर ?


४ जेष्ठ, काठमाण्डौँ । ‘डक्टरले भन्यो यो केटी हो । घरपरिवारको लागी म केटी नै थिए । विस्तारै मेरो ज्ञान पलाउन थाल्यो । मैले बुझिराखेको थिईनः म केटा जस्तो छु तर किन घरपरिवारले मलाई केटीको लुगा लगाइदिएर स्कुल पठाउछन् ।’

यो भनाई भारतको मुम्वाई शहरका एक तेस्रो लिङ्गी (ट्रान्स मेन) आर्यन पासाको हो । उनलाई देख्ने जो–कोहीले आर्यन ट्रान्स मेन हो भनेर विश्वास गर्न गाह्ररो मान्छन् । प्रायजसो युवतीहरु उनी प्रती निकै आकर्षित हुन्छन् । आकर्षित पनि किन नहोउन् त ! कालो कपाल, कालो दाह्री, वडीविल्डर, आकर्षक ज्यान ।

उनि भन्छन्ः ‘ज्ञान पलाए देखी नै मेरो मन, आत्मा सवै पुरुषको जस्तो थियो । मलाई लाग्थ्यो की मेरो शारिरिक वनावट पनि पुरुषको जस्तो नै छ । त्यसैले होला कसैले पनि मेरो भित्रि मनको भावनालाई रोक्न सकेन । अहिले म पुरुष भएर नै जिवन चलाई रहेको छु । अर्कोतर्फ मलाई मेरो परिवारको पनि ठुलो साथ थियो । सवैभन्दा पहिला मलाई तेस्रो लिङ्गी (ट्रान्स मेन)को बारेमा मेरो आमाले नै सुनाउनुभएको हो । नातामा उहाँ मेरो सैतेनी आमा हुँनुहुन्छ तर साचो अर्थमा भने उहाँ मेरो जिन्दगीको सुपर हिरो हुनुहुन्छ ।’

तेस्रो लिङ्गी (ट्रान्स मेन) मोडलहरुको अमेरीकमा प्रत्येक बर्ष जसो कम्पिडीसन हुने गर्छ । आर्यन पासालाई पनि त्यहाँ सहभागी हुने मन थियो । गत बर्ष उनि पनि त्यहाँ जाने सोचमा थिए । तर अन्तिममा उनको भिसा आएन । कारणमा उनी भन्छन्ः ‘म मुस्लिम समुदायको भएर होकी !’

आर्यनले अहिले आफ्नो लिङ्ग सर्जरीको माध्यमबाट लिङ्ग परिवर्तन समेत गरीसकेका छन् । पुर्ण रुपमा उनी अव पुरुष भईसकेका छन् । सर्जरीको माध्यमबाट लिङ्ग परिवर्तन गर्न धेरै खर्चिलो हुन्छ । त्यसमा अत्याधीक दुखाई हुने सर्जरी चिकित्सकहरुको भनाई छ ।

आर्यन भन्छन्ः ‘पहिला म पुरुष जस्तै भए पनि केही कुरामा डर लाग्थ्यो । कीनकी मेरो लुगा खोलेर हेर्याे भने म भित्र महिलाको अङ्ग छ । झनै पछि किशोरावस्थामा पुगेपछि महिलाको जस्तो महिनावारी हुन्छ भनेर मलाई धेरै चिन्ता हुन थाल्यो । त्यसैले म धेरै दुखाई सहेर भए पनि ट्रान्स मेन बन्न तयार भए ।’

-बीबीसी

प्रतिक्रिया:

सम्बन्धित खवर