समाज

एकै पटक ९१ न्यायाधीशको सरुवा
१५ साउन, काठमाण्डौँ । न्याय परिषद्ले एकै पटक ९१ न्यायाधीशको सरुवा गरेको छ । आज मंगलबार बसेको न्याय परिषद्को बैठकले ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्ले जनाएको छ ।

गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा
१५ साउन, झापा । झापाको कमल गाउँपालिकाले गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने भएको छ । चालु आर्थिक बर्ष २०८१–०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने कार्य शुरुवात गरिएको पालिकाले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिना आठ दिनसम्म गर्भवती महिला लक्षित भिडियो एक्सरे सेवा उपलव्ध गराईने छ..

इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द
१५ साउन, इलाम । मौषम खराबीको कारण इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द भएको छ । गत जेठ १३ गते नेपाल एयरलाईन्सको जहाजले अन्तिम पटक उडान भरेको थियो । गत जेठ १७ गते काठमाण्डौँबाट इलामका लागि नेपाल एयरलाईन्सको जहाज मौषम प्रतिकुलताका कारण अवतरण गर्न नसकेर काठमाण्डौँ फर्काईएको थियो । त्यसयता विमानस्थलबाट उडान हुँन नसकेको विमानस्थल इलाम स्टेसन ईन्चार्ज दिनेस सुन्दासले बताउनुभयो । उहाँका अनुसार मौषमा सुधार नआउन्जेलसम्म उडान सुचारु..

पेरिस ओलम्पिकमा आज नेपालका एलेक्स शाहले पौडीमा प्रतिस्पर्धा गर्ने
१५ साउन, काठमाण्डौँ । पेरिस ओलम्पिक २०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा ५२.१७..

नेपालमा आत्महत्या गर्ने सबैभन्दा बढी विपन्न र मध्यम वर्गका
१५ साउन, काठमाण्डौँ । नेपालमा हुने आत्महत्याका घटनाबाट सबैभन्दा बढी प्रभावित हुनेमा विपन्न र मध्यम वर्ग रहेको नेपाल प्रहरीले गरेको अध्ययनले देखाएको छ । नेपाल प्रहरी अस्पतालका चिकित्सक सम्मिलित टोलीले एक वर्ष लगाएर गरेको अध्ययनपछि तयार ‘आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ मा आत्महत्याबाट प्रभावितमध्ये ८५ प्रतिशत विपन्न र मध्यम वर्गीय परिवारको रहेको उल्लेख छ । अध्ययनमा संलग्न नेपाल प्रहरी अस्पतालका वरिष्ठ मनोचिकित्सक आशिष दत्तका अनुसार, प्रत्येक प्रदेशका..

आज साउन १५ खिर खाने दिन
१५ साउन, काठमाण्डौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने..

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त
१४ साउन, काठमाण्डौँ । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले गृहखबरलाई जानकारी दिए । उनका अनुसार बागमती प्रदेश सरकारको प्रमुखमा दिपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश सरकारको प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् । यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश..

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्काे नयाँ प्रजातिको माछा
१४ साउन, मोरङ । मोरङको लोहन्द्रा खोलामा अर्काे नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन् । लिम्बूलगायतको टोलीले दुई महिनाअघि..

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानको नाम अस्वीकृत
१४ साउन, काठमाण्डौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै समिति सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर जबराले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० का नियम २६ उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय भएको बताए ।..

झापाको मेचीनगरले उठायो १३ करोड ५२ लाख आन्तरिक राजस्व
१४ साउन, झापा । झापाको मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०।८१ मा रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ रुपैँया आन्तरिक राजस्वसङ्कलन गरेको छ । आव २०७९।८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो । नगरका राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९।८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय..