नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

२६ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो । स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा..

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

२४ फागुन, बिर्तामोड । बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधवार आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छिन् । दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् । यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोश्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११..

अर्धशतक बनाउदैँ आउट भए रोहित पौडेल

१६ फागुन, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भए । एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय..

झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने

१६ फागुन, बिर्तामोड । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तर्गत अभिमूखिकरण गोष्ठी आयोजना गरेको थियो । झापामा यो वर्ष ५ बर्ष..

सशस्त्र प्रहरी बलद्वरा विभिन्न स्थानमा सञ्चालित नेपाल एपीएफ स्कुलहरूका लागि शिक्षक माग

१५ फागुन, कीर्तिपुर । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका विद्यालयहरूका लागि नेपाल एपीएफ स्कुलले शिक्षक माग गरेको छ । आधारभूत तथा माध्यमिक तहका लागि विभिन्न विषयका २१ जना शिक्षक माग भएको हो । ती विज्ञापनहरूमा ३० दिन भित्र आवेदन पेश गर्न सकिने बताइएको छ। जसअनुसार प्रधानाध्यापक, अंग्रेजी, गणित, कम्प्युटर, नेपाली, विज्ञान र सामाजिक शिक्षा शिक्षण शिक्षक माग गरिएको नेपाल एपीएफ स्कुलले जनाएको..

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन ‘रास्वपा’ सचेतक सन्तोष परियारको माग

१३ फागुन, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भक्तपुरस्थित ख्वप कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले ख्वपलाई विश्वविद्यालय बनाउने गरी विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् । भत्तपुर नगरपालिकाद्वारा सञ्चालित उक्त कलेजले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको चापसमेत अत्यधिक रहेकाले त्यसलाई विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने सांसद परियारको भनाई छ । उनले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै..

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक, २९ जना डीन लिस्टमा

  १२ फागुन, पोखरा । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् । कलेजका २ विद्यार्थीले कुलपति पदक समेत प्राप्त गरेका छन् । ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीद्वय विबेक बाबु लामिछाने र रोमहर्ष ओली कुलपति पदकबाट विभुषित..

शिवसताक्षी नगरपालिकाका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान

६ फागुन, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । इ–हाजिरीको शिवसताक्षी नगरपालिका ११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शुभारम्भ गरेका छन् । इ हाजरीको शुभारम्भ गर्दै नगर प्रमुख थोप्राले नगरभित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई हाजिरीमा सहज बनाउन र नगरबाट..

उच्च शिक्षा आर्जनका लागि हुने ‘आर्थिक बहाव’ रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”,..

रोङ गाउँँपालिकामा अभिभावकहरुलाई पढाउन सुरु

२६ माघ, इलाम । इलामको रोङ गाउँँपालिकाले अभिभावकहरुलाई पढाउन सुरु गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको हो शुक्रबारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । “सुरुको दिन ११ विद्यालयका तीन सय १० अभिभावक कक्षामा सहभागी हुनुभएको छ, तीमध्ये सात सय १५ महिला र दुई सय ९५ पुरुष सहभागी हुनुभयो”, स्याङ्बोले भने,..