विशेष

रास्वपा सांसद सोविता गौतमलाई निर्वाचन क्षेत्रमा अमर्यादित व्यवहार
२१ साउन, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उनकै निर्वाचन क्षेत्रभित्र केही युवाहरुले अमर्यादित व्यवहार गरेका छन् । यस विषयमा गौतमले आज संसदमा पनि ध्यानाकर्षण गराइन् । अविरल वर्षा र बाढी–पहिरोले गरेको क्षतिको अवलोकन गर्न हिजो बिहानैदेखि उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानमा पुगेकी थिइन् । यस क्रममा करिब साँझ ५ बजे उनी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा घटना भएको हो ।..

मुलुकभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार
२१ साउन, काठमाण्डौँ । मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो जानकारी दिएको हो । विभागका महानिर्देशक रामहरि पोखरेलले आव २०८०।८१ को फागुन मसान्तसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक..

बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा
२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका हुन् । बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनका अनुसार बंगलादेशका राजनैतिक दलहरुसँग सेना प्रमुखले गरेको छलफलको आधारमा अन्तरिम सरकार गठन हुने भएको हो । सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युन लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले..

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिईन राजीनमा
२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ । हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।

पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण
२० साउन, काठमाण्डौँ । नेपालकी प्रथम सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण भएको छ । नेपालमा हिमाल तथा राजमार्ग अनि हुलाक टिकट आदिमा नाम राखिएकी पासाङ ल्हामुको अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीले यहि साउन १४ अर्थात जुलाई २९ साझ ७ः१८ मा चन्द्रमा क्रेटरको नामाकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट जानकारी दिएको हो । चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको नाममा ल्हामु नामाकरण गरिएको बताएको छ..

मानिसलाई आक्रमण गर्ने बाघ १५ घण्टापछि नियन्त्रणमा
२० साउन, काठमाण्डौँ । चितवनमा मानिसलाई आक्रमण गरि घाइते बनाउने बाघको डार्ट सफल भएको छ । नारायणी किनारमा झण्डै १५ घण्टापछि बाघ नियन्त्रणमा लिइएको हो । मानिसलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राती नियन्त्रणमा लिएको छ । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान भरतपुर–२ का पशुपति श्रेष्ठलाई सो बाघले आक्रमण गरी घाइते बनाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण..

झापामा एक सय आठ जनाले नेपाली नागरिकता त्यागे
२० साउन, झापा । झापामा यस आर्थिक वर्षमा एक सय आठ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ । नेपालीहरूले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपर्ने नियम रहेको र यस आर्थिक वर्षमा मात्रै एक सय आठ जना नेपालीहरूले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विश्वराज नेपालले जानकारी दिनुभयो । यता यस आर्थिक वर्षमा १८ हजार २२ जनाले..

राकेको फूलकोबी खान आयोग्य
२० साउन, झापा । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरेर नष्ट गरिएको छ । इलामको राँकेबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको..

इलामको पाथीभरा मन्दिरमा एक वर्षमा १ करोड ६६ लाख भेटी सङ्कलन
२० साउन, इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष ८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रुपमा चढाएको रकम सङ्कलन गरिएको हो ।..

झापामा सुपारीखेतीमा किसान आकर्षित बन्दै
२० साउन, झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दाे आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ । ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै..