विशेष

जंगली हात्तीको हुल चुरे पहाडतर्फ उक्लिन थाल्यो, स्थानिय त्रसित
२३ पौष, झापा । पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् । मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका थिए । ‘पहाडमा हात्ती नै देखिँदैन थियो । लामा-लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा..

राष्ट्रियसभा निर्वाचनः सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने
१८ पौष, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने भएको छ । तीन बजे सत्ता गठबन्धनको बैठक बसे लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘एमालेलाई पनि केही सीट दिएर जाने कि भन्ने गठबन्धनमा कुरा भएको छ । त्यही अनुसार आज बैठक बोलाइएको छ।’ उनले एमालेलाई कति..

मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न
१८ पौष, काठमाडौं । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किड्स सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन । मुख्य..

पहिचानको मुद्दाले कोशीमा मानव अधिकार हननका घटना बढेको इन्सेकको प्रतिवेदन
१८ पौष, काठमाडौं । सन् २०२३ मा मानव अधिकार हननसम्बन्धी घटना संख्यात्मक रुपमा बढेको मानव अधिकारवादी संस्था (इन्सेक) ले जनाएको छ । ‘मानव अधिकार वर्ष, २०२३’ को समीक्षा गर्दै (इन्सेक)ले गएको वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जानकारी दिएको हो । हिजो ताप्लेजुङमा समीक्षा कार्यक्रमको आयोजना गरेर इन्सेकले मानव अधिकारको अवस्थाबारे विश्लेषण गरेको थियो । सो क्रममा इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन् । प्रतिवेदनमा सन्..

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
१८ पौष, काठमाडौं । नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् । केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा।डा। अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका..

साउदीले सन् २०२३ मा एक सय ७० जनालाई दियो मृत्युदण्ड
१७ पौष, काठमाण्डौँ । साउदी अधिकारीहरूको घोषणाअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए । खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन् । सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड..

दमक जेसिसको अध्यक्षमा रामचन्द्र अधिकारी सर्वसहमत
१७ पौष, झापा । दमक जेसिसको नयाँ नेतृत्वका लागि रामचन्द्र अधिकारी (आरसी) अध्यक्षमा सर्वसहमत चयन भएका छन् । शनिबार भएको ४३ औं साधारण सभाबाट दमक जेसीज वर्ष २०२४ को लागि रामचन्द्र अधिकारी (आरसी) अध्यक्षमा सर्वसहमत बनेका हुन् । प्रमूख निर्वाचन आयुक्त सुयोग खरेलको नेतृत्वले सम्पन्न सभाबाट सबै पदाधिकारीहरुलाई सर्वसहमत चयन भएको हो । वर्ष २४ को नेतृत्वका लागि कार्यकारिणी उपाध्यक्षमा जेसी लोकेश सापकोटा र जेसी उमेश गजमेर चयन भएका छन्..

दक्षिण कोरियाली विपक्षी दलका नेता म्युङमाथि छुरा प्रहार
१७ पौष, काठमाण्डौँ । दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार भएको छ । कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ । विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । लीलाई एक अज्ञात व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् । लीको अटोग्राफ माग्दै उनी नजिक..

अदालतको आदेशबारे ईपीएस कोरियाको जवाफ आएन
१७ पौष, काठमाण्डौँ । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएकाहरूलाई आवेदनमा सहभागी गराउन अदालतले आदेश दियो । गत शुक्रबार उच्च अदालत पाटनले निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले सूचना समेत जारी गरेर आजदेखि फारम भर्नका लागि आह्वान गरेको छ । तर, अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया एचआरडी सर्भिस अफ कोरियाबाट..

इलामको एकै किसानले १० लाखको सुन्तला बेचे
१७ पौष, इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु’, चापागाईँले भने । सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा..