एसीसी प्रिमियर कप- नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराको अर्धशतक बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

भारतमा वृद्धवृद्धा र अपांगतालाई घरबाटै मतदानको व्यवस्था

७ वैशाख । भारतले पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगका अधिकारी वृद्धवृद्धा र अपांगता भएकाको घरमा आफैँ गएर ब्यालेट पेपर जम्मा गर्न जुटेका छन् । भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता रहेका छन् । भारतमा १८औँ लोकसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा २१ प्रान्तका १०२ सिटको लागि मतदान भइरहेको छ ।

आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु

७ वैशाख । आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र  दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् । आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा..

रोमा युरोपा लिगको सेमिफाइनलमा

७ वैशाख ।  १० खेलाडीमा समेटिएको इटालियन सिरि ए क्लब रोमा युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। अर्को इटालियन सिरि ए क्लब एसी मिलानलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै रोमा अन्तिम चारमा पुगेको हो। कार्टरफाइनलको पहिलो लेगमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएको थियो। तर, बिहीबार राति सम्पन्न खेलमा ओलम्पिक स्टेडियममा सम्पन्न दोस्रो लेगमा २-१ जित हासिल गर्दै घरेलु टोली रोमा अन्तिम चारमा पुगेको हो। खेलको १२औँ मिनेटमा जियानलुका मैनसिनीको गोलमा..

जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा

७ वैशाख । जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै लेभरकुसेन अन्तिम चारमा पुगेको हो। घरेलु मैदानमा भएको कार्टरफाइनलको पहिलो लेगमा लेभरकुसेन २-० ले विजयी भएको थियो। लन्डन स्टेडियममा बुधबार सम्पन्न दोस्रो लेगमा वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा रोक्दै लेभरकुसेन सेमिफाइनलमा पुगेको हो। खेलको १३औँ मिनेटमा वेस्ट ह्यामका माइकल एन्टोनियोले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। उनले जारोड बोवेनको..

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

७ वैशाख । इङ्लिस क्लब लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। गविस स्टेडियममा बिहीबार राति सम्पन्न दोस्रो लेगमा घरेलु टोली एटलान्टालाई १-० गोल अन्तरले पराजित गरेपनि लिभरपुल समग्रमा ३-१ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो लेगमा लिभरपुल घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित भएको थियो। बिहीबार सम्पन्न खेलमा लिभरपुलका लागि एकमात्रै गोल मोहम्मद सलाहले गरे। उनले खेलको सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

यूएईमा बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु

७ वैशाख । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ । यूएईमा केहि दिनदेखी परेको वर्षाका कारण बाढी..

ऋणभन्दा राजस्व बढाउन नेपाललाई आईएमएफको सुझाव

७ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपाललाई ऋणभन्दा राजस्व बढाउन सुझाव दिएको छ । नेपालको ऋणको तह माथि नभए पनि पछिल्लो समय यो तीव्र रुपमा बढिरहनु चिन्ताको विषय भएको आईएमएफले जनाएको छ । ‘पछिल्ला दिनमा ऋण बढेको मात्रै छैन । सरकारले त्यसमा उच्च ब्याज तिर्नुपरेको छ । त्यो चिन्ताको विषय हो’, आईएमएफका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले भने । नेपाल मात्रै नभएर अन्य न्यून आय भएका मुलुकमा यो समस्या..

रुपन्देहीमा छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

७ वैशाख । रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् । प्रहरीले उनलाई आफ्नै १७ वर्षीया छोरी अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए । प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन..

जाजरकोट भूकम्प पीडित सहायता कोषमा ३६ करोड ३६ लाख जम्मा

६ बैशाख । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा ३६ करोड ३६ लाख ७७ हजार ११० रुपैयाँ जम्मा भएको छ । ०८० कार्तिक १८ गतेदेखि हालसम्म उक्त रकम कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितलाई सहायता उपलब्ध गराउन कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार..