काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ ।
बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् । प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ ।
भृकुटीमण्डपबाट र्याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ ।