भारतसंगको विवाद पछि चिनियालाई घुम्न बोलाउदैँ माल्दिभ्स

२५ पौष, काठमाण्डौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजु चीनको औपचारिक भ्रमणमा छन् । तीन दिनको भ्रमणको क्रममा उनी दोस्रो दिन फुचियन प्रान्त पुगेका हुन् । त्यहाँ आयोजित बिजनेस फोरमलाई सम्बोधन गरेको सन्दर्भलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले माल्दिभ्समा अरु बढी चिनियाँ पर्यटक पठाइदिन आग्रह गरेको उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्स नजिकैको लक्ष्यदिप टापुहरुको भ्रमणपछि चिसिएको सम्बन्धपछि माल्दिभ्सले चीनको साथ खोजेको उक्त समाचारमा..

चीनले निर्माण गर्यो १५ वर्षमा ४५ हजार किलोमीटर हाइस्पिड ट्रेन ट्रयाक

२५ पौष, काठमाण्डौँ । चीनले उच्च गतिको रेल सञ्चालन गरेको १५ वर्षमा ४५ हजार किलोमीटर लामो हाइस्पिड ट्रेन ट्रयाक निर्माण गरेको छ । सन् २०२३ को अन्त्यसम्म चीनका अधिकांश प्रान्त र ठूला शहरमा उच्च गतिको रेल सेवा पुगेको बताइएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले लेखेको छ, ‘चीनमा कुल एक लाख ५९ हजार किलोमीटर लामो रेल सञ्जाल छ । त्यसमध्ये झण्डै एक तिहाई..

नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने विश्व बैंकको प्रक्षेपण

२५ पौष, काठमाण्डौँ । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ । यसै वर्ष अर्थात चालु आर्थिक वर्ष (आव) २०८०र८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने..

रामबहादुर बम्जनलाई प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वराज्यमन्त्री सीआईबी कार्यालयमा

२५ पौष, काठमाण्डौँ । मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् । तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी..

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

२५ पौष, खोटाङ । दस स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा..

रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही लाने तयारी

२५ पौष, काठमाण्डौँ । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा..

आजकै दिन पहिलो पटक आइफोन सार्वजनिक भएको थियो

२४ पौष, काठमाण्डौँ । सन् २००७ मा आजकै दिन (जनवरी ९) मा एप्पल कम्पनीले पहिलो पटक आइफोन सार्वजनिक गरेको थियो । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा आयोजित म्याकवल्र्ड एक्स्पोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए । एप्पलले पहिलो आइफोनको बिक्री २००७ को जुन २९ देखि सुरु गरेको थियो । ३.५ इन्चको एलईडी डिस्प्ले र दुई मेगापिक्सलको क्यामेरा रहेको आइफोनको अपरेटिङ सिस्टम आईओएस ३.१.३ थियो । उक्त मोडलको..

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा चिसोका कारण विकास निर्माण ठप्प

२४ पौष, सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट सुरु हुने उनको भनाइ छ । हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो..

ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

२४ पौष, काठमाण्डौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो । वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात माघ ६..

कोशीको सभामुख राप्रपाको पोल्टामाः झापाका अम्बरबहादुर विष्ट निर्विरोध हुने सम्भावना

२४ पौष, विराटनगर । कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । सभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् । राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने छ । सभामुखमा..