२६ माघ, विराटनगर । प्रदेश–१ सरकारको प्रदेशसभा बैठक आउदो फाल्गुन ९ गते सम्मका लागि स्थगित भएको छ ।
आईतवार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले आगामी बैठक फाल्गुन ९ गते दुई बजे बस्ने गरी स्थगित गर्नुभयो ।
आईतवार दिउँसो दुई बजे बैठक आव्हान गरिएको भए पनि ढिलो शुरु भएको बैठक लगतै स्थगित भएको थियो । बैठक करिब तीन मिनेट बसेर स्थगित भएको थियो ।