झापाको अर्जुनधारा र बिर्तामोड क्षेत्रमा चोरी गर्ने एउटा समूह पक्राउ

झापाको अर्जुनधारा र बिर्तामोड क्षेत्रमा चोरी गर्ने एउटा समूह पक्राउ

१९ असार, झापा । झापाको अर्जुनधारा र बिर्तामोड क्षेत्रमा चोरी गर्ने एउटा समूहलाई झापा प्रहरीले पक्राउ गरी कानुनी कारबाहीका लागि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । तीन वटा घरबाट सुनचाँदी चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३६ की दुर्गा देवी श्रेष्ठ, सोही वडाको स्टाफ चौक बस्ने वर्ष ५१ की उमा श्रेष्ठको घरमा जेठ १८ गते र बिर्तामोड नगरपालिका वडा नं. ५ नयाँ नमुना टोल बस्ने वर्ष ३५ की गंगा काफ्ले पौडेलको घरमा जेठ २१ गते चोरी गर्ने ६ जनालाई पक्राउ गरिएको हो ।

चोरीको घटना भएको सूचना इलाका प्रहरी कार्यालय अनारमनी झापामा प्राप्त हुनासाथ खटिएको टोलीले चोरीमा संलग्ना निम्न प्रतिबादीहरुलाई असार १७ गते चोरीका सामानहरु सहित नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार झापा जिल्ला अदालतबाट मंगलवार ५ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रवक्ता चन्दले जानकारी दिनुभयो ।

चोरी घटनाका मुख्य योजनाकार झापा कमल गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २२ को सुस्मन थापा, चोरीको सुनको औठी बिक्री गर्ने कार्यमा संलग्न कमल गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २७ को कृष्ण थापा, सुनको औठी खरिद गर्ने ज्वेलर्स सञ्चालक कमल गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४३ को अर्जुन विश्वकर्मा, नितेश बराईली, सुनको औठी खरिद गर्ने पसलका सञ्चालक मेचीनगर नगरपालिका वडा नं. १० बस्ने वर्ष ४० को सुरेश कुमार दास, चोरी गरेको सुनको औठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गर्ने झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ गिरीबन्धु टिस्टेटमा काम गर्ने सोही बगानको क्वाटरमा बस्ने वर्ष ५१ को सुनिल राजवंशीलाई प्रहरीले पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर