१९ चैत्र, विराटनगर । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताउनुभएको छ । माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बन्नुभएका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने प्रतिकृया दिनुभएको हो ।
जवाफ पठाइरहनुको औचित्य नै नभएको उहाँको भनाई छ । यहाँले भन्नुभएको छ ‘अब जवाफ पठाउँदा पनि केही हुनेवाला छैन ।’ स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको मन्त्री आङ्बुहाङले बताउनुभयो ।
दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उहाँले जवाफ लेख्नुको औचित्य पनि नभएको बताउनुभयो ।