माईजोगमाईमा बन्ने भयो २५ शैयाको अस्पताल

माईजोगमाईमा बन्ने भयो २५ शैयाको अस्पताल

९ भाद्र, इलाम । लामो समयसम्म चर्चाको बिषय बनेको थियो माईजोगमाई गाउँपालिकामा अस्पताल बनेन भनेर ।

अब यो चर्चाको बिषय चाडै समाप्त हुँदै छ । माईजोगमाई गाउँपालिकावासीहरु सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकामको इलाम अस्पताल कित त सुर्याेदय नगरपालिकाको फिक्कल बजारमा जानू पर्ने बाध्यता छ ।

माईजोगमाई गाउँपालिकामा नै अब २५ शैयाको अस्पताल बन्ने पक्का भएको छ । अस्पताल निर्माणका लागि आवश्यक करिव ९ रोपनी जग्गा माईजोगमाई १ नयाँबजार निवासी धुर्व श्रेष्ठले निःशुल्क रूपमा गाउँपालिकालाई उपलब्ध गराउनुभएको छ ।

माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामशंकर देव लगायतको उपस्थितिमा श्रेष्ठले अस्पताल निर्माणका लागि आफ्नो नामको जग्गा धनिपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

उक्त क्षेत्रमा अस्पताल निर्माण गर्नकालागि संघिय सरकार समक्ष १० करोड रकम माग गरिएको गाउँपालिका अध्यक्ष जित बहादुर राईले जानकारी दिनुभयो ।

गाउँपालिकावासीको साथ र सहयोग भएमा अब गाउँपालिकामा चाडै अस्पताल निर्माण कार्य सकेर अस्पताल संचालन गर्ने अध्यक्ष राईले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर