किराया स्थापना दिवसः किरात प्रदेश नामकरणका लागि सांसदलाई स्मरण पत्र

किराया स्थापना दिवसः किरात प्रदेश नामकरणका लागि सांसदलाई स्मरण पत्र

२३ श्रावण, झापा । किरात राई यायोक्खाको ३३औं स्थापना दिवस झापामा पनि मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा दमक स्थित किरात भवनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ५ (ख)का प्रदेश सांसद अर्जुन राईलाई प्रदेश–१ को नाम किरात रहनु पर्ने भन्दै स्मरण पत्र समेत बुझाइएको थियो ।

किरात प्रदेश नामकरण गराउनका लागि किरातको इतिहास, आधार, वैज्ञानिक पक्ष, पहिचान लगायतका कुराहरु उल्लेख गरिएको स्मरण पत्र किरात राई यायोक्खाका केन्द्रीय सदस्य सुशिल कुमार राईले बाचन गर्नुभएको थियो ।

कोरोना भाइरसका कारण वार्षिक रुपमा हुँदै आएको सम्पूर्ण कार्यक्रम स्थगित गरि यस वर्ष भने सामान्य रुपमा मनाइएको जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताउनुभयो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायमगरी कार्यक्रममा सेनिटाइजर र माक्सको समेत व्यवस्था गरिएको थियो ।
किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईको अध्यक्षतामा तथा झापा क्षेत्र नं. ५ (ख) प्रदेश सांसद अर्जुन राईको प्रमु्ख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा प्रदेश–१ का अध्यक्ष पारषमणी राई, किराया झापाका संस्थापक अध्यक्ष जितमान राई, किराया केन्द्रीय सदस्य सुशिल कुमार राई, किराया झापा सल्लाहकार एल.डि.सोताङ, सुमित्रा वाङदेल चेली, किराया पूर्व केन्द्रीय सदस्य दिपेन बाला राई, किरात याक्खा छुम्मा झापा सचिव मच्छिन्द्र याक्खा, लिम्बु पत्रकार संघ केन्द्रीय सदस्य भुमिका सुब्बा लगायत स्थानीय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यायोक्खा झापाका उपाध्यक्ष उद्वव प्रसाद राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्य सुसन रुङमाहाङ राईले कार्यक्रम सञ्चालन गर्नभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर