क्यानसर बिडित टिका बुढाथोकिलाई एकतप्पा सेवा समाज झापाद्धारा आर्थिक सहयोग

क्यानसर बिडित टिका बुढाथोकिलाई एकतप्पा सेवा समाज झापाद्धारा आर्थिक सहयोग

२१ श्रावण, इलाम । इलामको फाकफोकथुम गा.पा.–७ एकतप्पाको रुपटार निवासि टिका बुढाथोकीलाई एकतप्पा सेवा समाज झापाले ५० हजार आर्थिक सहयोग गरेको छ ।

समाजले झापामा बसोबास गर्ने एकतप्पा बासिहरुबाट रकम संकलन गरि ४० बर्षिय बुढाथोकीको उपचारको निम्ति सो रकम प्रदान गरेको हो । समाजका अध्यक्ष डबल लिम्बु सहितको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यको उपस्थितिमा पिडितको श्रीमान गुमानसिङ बुडाथोकिलाई अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको समितिका सचिव गंगा गोदार थापाले बताउनुभयो ।

पुर्बाञ्चल क्यान्सर अस्पताल, विर्तामोड झापामा उपचार गराइरहेको टिका बुढाथोकीलाई मुखमा क्यान्सर भएको थियो । बुडाथोकिको मुखको क्यान्सरको सफल अप्रेसन भई हाल उपचारको क्रममा रहेको छिन ।

विरामि वुढाथोकिको आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले उपचारको निम्ति सहयोग गरिएको एकतप्पा सेवा समाजले बताएको छ । यो भन्दा पहिला एकतप्पाकै क्यान्सर पिडित विरबहादुर श्रेष्ठलाई समेत समाजले ५० हजार सहयोग गरेको थियो ।

यस्तै झापाको शनिअर्जुन नगरपालिका बस्दै आएको स्व.पंच बहादुर धमलाको परिवारलाई समेत समाजले नगद तथा खाद्यान्न गरि ८ हजार सहयोग गरेको छ । धमला पाँचथरको पौसासारतपबाट एकतप्पा बसाइ सरि आएर अघिल्लो बर्ष झापा झरेका थिए ।

धमलाको ५१ बर्षको उमेरमा श्रावण १४ गते मृत्यु भएको थियो । उनको एक श्रीमती, ४ छोरी र ३ छोरा रहेका छ्न भने आर्थिक अवस्था ज्यादै कमजोर रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर