इनरुवाको लकडाउन बिहान १० बजे देखि ४ बजे सम्म खुल्ने

इनरुवाको लकडाउन बिहान १० बजे देखि ४ बजे सम्म खुल्ने

१४ श्रावण, सुनसरी । सुनसरीको इनरुवामा जारी लकडाउन केही खुकुलो गरिएको भए पनि आइतबार सम्म नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द रहने भएको छ ।

आज बिहान इनरुवा नगरपालिकामा बसेको बैठकले अर्को सूचना नभएसम्म इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पुरा गरी बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र खोल्ने र शनिवारको दिन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले जानकारी दिनुभयो ।

यसैगरी इनरुवा नगरपालिका र वडा कार्यालयहरूबाट प्रवाह हुने अति आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरू आगामी आइतबारसम्मका लागि बन्द गर्ने निर्णय भएको पनि बताईएको छ ।

इनरुवा नगरपालिका क्षेत्र भित्र लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने र इनरुवा नगरपालिका–४ मा रहेको रामजानकी गुठीमा लाग्ने दैनिक तरकारी बजारमा थोक तरकारी मात्र विक्री वितरण गर्ने र खुद्रा तरकारी बिक्री वितरणका लागि बिहीबारे हाटमा व्यवस्थापन गर्ने निर्णय भएको बताईएको छ ।

यस्तै इनरुवा बाहिरका सिटी सफारी र अटो रिक्साहरू समेत इनरुवा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । अर्को निर्णय नहुन्जेल सम्मलाई इनरुवामा तोकिएको समय बाहेकमा लकडाउनमा कडाइ गरिने बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर