१४ श्रावण, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ तित्रुचौक देखी रहिपुर जाने बाटो मर्मत तथा ड्रेन निमार्ण कार्यमा अनियमितता भएको पाइएको छ ।
डेढ किलोमिटर लामो बाटो निमार्ण गर्न भनी उपभोक्ता समितिबाट भएको निमार्ण कार्यको सम्झौता मुताबिक काम नभएको हो ।
प्रथम नगरसभाको निर्णय अनुसार वडास्तरीय योजना पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १० लाख बजेटबाट पक्की नाला निमार्ण गर्ने योजना स्वीकृत भएको थियो । आर्थिक बर्ष २०७४/७५ को स्वीकृत बजेटबाट रामधुनी तेत्रुचौक देखी रहिपुर जाने बाटोमा पक्की नाला निमार्ण गर्ने भनिए पनि आधा बाटो सम्म मात्र ड्रेन निर्माण गरिएको छ ।
नगरपालिकाबाट १० लाख र उपभोक्ता समितिबाट २ लाख गरी १२ लाखको प्राविधिक स्टिमेट अनुसार निमार्ण कार्य अगाडी बढाउन २०७४ फाल्गुन २० गते सम्झौता भएको थियो । सम्झौतामा २०७५ ज्येष्ठ ३० गते सम्म काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । तर टिप्पणी आदेशमा भने २०७४ ज्येष्ठ ३० गते सम्पन्न गर्ने सहमति भएको र सम्झौता भएको मिति भन्दा अगाडी नै काम सम्पन्न भएको उल्लेख गरिएको छ ।
अग्रिम कर १.५ प्रतिशत, ढुवानी कर १० प्रतिशत, कन्सल्टेन्सी ३ प्रतिशत कट्टा गरी जम्मा १० लाख ९१ हजार ६ सय रुपैयाँ भुक्तानी भइसकेको छ ।
त्यस्तै अ.ब २०७५/७६ मा सोही बाटो ग्राभेल गर्न भनी ९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।