१४ श्रावण, झापा । केही दिन देखिको अविरल बर्षाका कारण झापाको गौरीगंज गाउँपालिका–१ रंगियाँथानमा कन्काई नदीको बाँध फुट्दा होकलबाडीका २९ घर डुबानमा परेका छन् ।
नदीमा आएको बाढीले रंगियाथान र विश्वाडुब्बा बीच करिब दुई सय ५० मिटर बाँध भत्काएको छ । खोलाको बाढीले कृषकहरुको सयौँ विघा धानखेती नष्ट भएको छ भने ११ घर परिवार पुर्ण विस्थापित भएका छन् ।
विस्थापित परिवारलाई त्यहाँको इन्द्रेणी प्राथमिक विद्यालयमा राखिएको गौरीगंज गाउँपालिका–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताउनुभयो ।
बाँध फुट्दा खेतमा पसेको बाढीले स्थानिय देवनारायण राजवंशी, कृष्ण राजवंशी, तुलाराम राजवंशी, शिवनारायण राजवंशी, दिपक नारायण राजवंशी, जयनारायाण राजवंशी, इन्द्र बहादुर बस्नेतलगायतको खेतमा लगाएको धानबाली पुर्ण रुपमा नष्ट गरेको छ ।