१७ वैशाख, काठमाण्डौँ । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान खरिद गर्न बजारमा मानिसहरु भेला भएको अवस्थामा बिस्फोट गराइएको अन्तराष्ट्रिय संञ्चारमाध्यम एजेन्सीले जनाएको छ ।
सिरियाली नागरिक प्रतिरक्षा समूहका उद्धारकर्मीहरुले जारी गरेका तस्वीरमा उद्धारकर्मीहरु आगोका ज्वाला निभाउन तथा आगलागी भएका भवनहरुबाट विभत्स शवहरु निकालिरहेको देखिएको छ ।
इङ्ल्याण्डमा मुख्यालय रहेको अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले उक्त आक्रमणबाट कम्तीमा ४६ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताए । मृतकको संख्या अझै बढ्न सक्ने उनले जनाए ।
उनका अनुसार आक्रमणबाट कम्तीमा ६ जना टर्की समर्थित सिरियाली लडाकाको पनि मृत्यु भएको छ । अब्जरभेटरीको आक्रमणबाट ११ जना बालबालिकाको मृत्यु भएको छ ।
घटनाकाृ अहिलेसम्म कसैले जिम्मेवारी दिएको छैन । त्यस क्षेत्रमा मार्च २०१८ देखीकै यो सबैभन्दा भिषण हमला हो ।