उत्तर कोरियाली नेता किम जिवीतै रहेको दक्षिण कोरियाको दावि

उत्तर कोरियाली नेता किम जिवीतै रहेको दक्षिण कोरियाको दावि

१५ वैशाख, काठमाण्डौँ । उत्तर कोरियाली नेता किम जोङ उन जिवीतै रहेको दक्षिण कोरियाले जनाएको छ । त्यहाँका एकजना उच्च सुरक्षा सल्लाहकारका अनुसार नेता उन स्वास्थ्य र जिवितै रहेका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिएका हुन् । उनले सो कुरो अमेरिकी टेलिभिजन सिएनएनसँग भनेका छन् । उत्तर कोरियाली नेता उन उत्तर कोरियाको पूर्वी भूभागमा रहेको एक रिसोर्टमा अप्रिल १३ देखि आराम गरिरहेका जानकारी दक्षिण कोरियालाई आएको सिएनएन टेलिभिजन संग उनले बताएका छन् ।

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर रुपमा विरामी रहेको समाचार बाहिर आएको थियो । यसका अलावा कतिपयले अन्तराष्ट्रिय संञ्चारमाध्यमले त उनको निधन भएको समाचार नै सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर