१० बैशाख, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड’सम्बन्धी गतिविधि २ महिना सम्मकालागि रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारीक ट्वीट मार्फत सो जानकारी गराएका हुन् ।
कोभिड १९ का कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पको भनाइ छ । त्यसका लागि अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुने छैन ।
तर आलोचकहरुले भने कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अन्यत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको बताएका छन् ।
आप्रवासनसम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई महिना अर्थात ६० दिनका लागि रहेको ट्रम्पले स्पष्ट पारेका छन् ।