७ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को महामारी फैलिनुमा चिन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीनलाई चेतावनी दिँदै नियतवश फैलाइएको पाइएमा चीनले त्यसको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।
शनिबारको नियमित ब्रिफिङमा बोल्दै राष्ट्रपती ट्रम्पले चीनको अर्थतन्त्र, कोरोना भाइरसबारे तथ्यांक र भाइरसविरुद्ध चालेको सुस्त कदमले आशंका जन्माएको बताएका हुन । यस्तै ट्रम्पले कोरोना भाइरसबाट मृत्यु हुनेमा अमेरिका सबैभन्दा अगाडि नरहेको पनि जिकिर गरेका छन् । अहिलेसम्मको अवस्थामा अमेरिका धेरै ठूलो मुलुक भएकाले हुनाले मृत्यु हुनेको संख्या बढी देखिनु स्वाभाविक रहेको उनले उल्लेख गरे ।
उनका अनुसार बेलायत, इटाली र स्पेनजस्ता मुलुकको तुलनामा अमेरिका ठूलो मुलुक भएकाले मृत्यु हुनेको संख्या बढी देखिएको हो ।
सञ्चारमाध्यमले अमेरिकालाई सबैभन्दा बढी प्रभावित भनेकोप्रति आक्रोश व्यक्त गर्दै पहिलो नम्बरमा अमेरिका नभई चीन रहेको जिकिर गरे ।
राष्ट्रपती ट्रम्पले जनसंख्याको आधारमा मृत्यु हुने संख्यालाई तुलना गर्नुपर्नेमा जोड दिएका छन् ।
कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै उचित कदम चाल्न नसकेको आरोप खेप्दै आएका उनले शनिबार भाइरसको महामारीमा चीनले पारदर्शिता नदेखाएको आरोप लगाए । यसको नियन्त्रणकालागि चिनले ढिलो गरेको उनले बताए ।
स्रोत : द साउथ चाइना मर्निङ पोष्ट