विशेष

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा
२३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ । त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार..

सहकारी पीडितले कालो झण्डा देखाएपछि प्रचण्डले भने– तपाईंहरुले ब्लण्डर गर्नुभयो
२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।

विस्फोटक पदार्थ लिएर हिंडेका २ युवक पक्राउ
२३ जेठ । विस्फोटक पदार्थ लिएर हिँडेको आरोपमा दुई युवकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका २७ वर्षीय विकास कुमाल र सोही ठाउँका २७ वर्षकै वसन्त कुमाल छन् । सोमबार बिहान साढे ९ बजे उनीहरुलाई अस्थायी प्रहरी पोस्ट सभाखोलाले पक्राउ गरेको हो । तुम्लिङटारबाट मोटरसाइकलमा लेगुवातर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामकुमार लामिछानेले बताए । को १७..

अर्थमन्त्री पुनलाई सांसद गिरीको खबरदारी
२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले कार्यक्रम घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृति नपछ्याउन सरकारलाई आग्रह गरेका छन् । बुुधवार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उदाहरणका रुपमा उनले बजेटमा सातै प्रदेशमा बृद्धाश्रम बनाउने विषय आएको उल्लेख गर्दै यसको कार्याँवयनको पखाईमा आफू रहने बताए । ‘सातै प्रदेशमा सुविधा सम्पन्न बृद्धाश्रमको स्थापना गरिनेछ भनेर बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले..

स्वास्थ्य अवस्थाका कारण मधेशका मुख्यमन्त्री यादवले २८ गते मात्र विश्वासको मत लिने
२३ जेठ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन..

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
२३ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । यसपटक..

पोखराका सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा
२३ जेठ, पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका..

चारआली ब्यारेकको परिकल्पनामा सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम
२३ जेठ, झापा । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको छ। मंगलबाार झापाको मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन भएको हो । जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो । विपद पश्चातको खोज उद्धार र..

फेरि आफैँले सरकार बनाउने मोदीको घोषणा
२३ जेठ । भारतमा अपेक्षा गरेभन्दा कम सिट आफ्नो गठबन्धनले ल्याए पनि फेरि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । मंगलबार भाजपा पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै मोदीले चुनावी विजय विश्वकै सबैभन्दा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन् । उनले भावी सरकार आफूहरूले बनाउने समेत बताए । यसलाई भारतीयको विजयको संज्ञा दिँदै मोदीले गरिबी देशबाट नहटेसम्म नरोकिने बाचा समेत गरेका छन् । भाजपा देशको सबैभन्दा ठूलो पार्टीको..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित
२३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्यान्डलाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पोर्चुगल ४-२ गोलअन्तरले विजयी भएको हो। पहिलो हाफको १६ मिनेटमा रुबेन डायस र इन्ज्युरी समयको चौथो मिनेटमा डियागो पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए। ५६औं मिनेटमा ब्रुनोले गोल गरे। ७२ र ७६औं मिनेटमा तिमु पुक्कीले गोल गर्दै फिन्डल्यान्डलाई ३-२ को स्थितिमा ल्याए। तर, ८४औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल..