सर्वसाधारणको विद्युत महशुलमा २५ प्रतिशत छुट, उद्योगलाई ३० देखि ५० प्रतिशतसम्मः उर्जामन्त्री पुन

२९ चैत्र, काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १ सय ५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यसैगरी सरकारले लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम अवस्थामा केही ठूला..

छैठौँ दमक फुड फेस्टिबल आजबाट सुरु

७ फाल्गुन । झापाको दमकमा आज (बुधबार)बाट छैठौँ दमक फुड फेस्टिबल सुरु भएको छ । दमक ६ स्थित बसपार्कमा आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बेलुन उडाएर फेस्टिबलको उद्घाटन गर्नुभएको हो । होटल ब्यवसायी संघ दमकको आयोजनामा शुरु भएको फुड फेस्टिबल आउदो फाल्गुन ११ गतेसम्म संञ्चालन हुने बताईएको छ । फेस्टिबलको उद्घाटन गर्दै मेयर ओलीले यो कार्यक्रमले दमकलाई धेरै फाइदा दिने बताउनुभयो । खानामा गुणस्तर कायम गर्नुपर्ने..

कमल गाउँपालिका ७ नम्वर वडाको भवन निर्माणकार्य अन्तिम चरणमा

१६ माघ/झापा । कमल गाउँपालिका वडा नम्बर ७ को भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बाह्रघरेमा निर्माण भईरहेको भवनको अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको बताईएको छ । अब ग्रिल, झ्याल, ढोका रंग–रोगनको काम मात्र बाँकी रहेको वडाध्यक्ष पृथ्वीपति राईले बताउनुभयो । २०७५ जेष्ठ महिनाबाट निर्माण सुरु भएको सो भवन निर्माणका निम्ति जिल्ला समन्वयन समिति झापाले रु ४५ लाख विनियोगना गरेको थियो । त्यसमा ट्वाईलेट बाथरुम र घेराबारमा..