भीडीयो

झापा दमकका विपन्न परिवारलाई चिटीक्कको मनुना वस्ती
१८ जेष्ठ, झापा । दमक नगरपालिकाले विपन्न र घरवार विहिनहरुका लागि विपन्न आवास निर्माण कार्यक्रम अन्तर्गत नमुना बस्ती निर्माण गरिदिएको छ । नगरमा रहेका अति विपन्न तथा भूभिहीन परिवारलाई नगरले उक्त नमुना वस्तीमा स्थानान्तरण गरिएको छ । (यो समाचार लकडाउन सुरु हुनुभन्दा अघिल्लो दिन तयार पारिएको थियो ।) https://www.youtube.com/watch?v=UWBHmyq-rUY

प्रतिनिधिसभाको बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश (भिडिओ सहित)
१८ जेष्ठ, काठमाण्डौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्नुभएको छ । https://www.youtube.com/watch?v=lFmNRTLwmAo

अर्थमन्त्री खतिवडाद्धारा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत हुदैँ (लाईभ हेर्नुहोस्)
१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा सदनमा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत भईरहेको छ । लाईभ हेर्नुहोस्ः https://www.youtube.com/watch?v=2VOLcuBE34c

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन, हेर्नुहोस सम्बोधनको पूर्णपाठ
१२ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ । सोमबार(आज) अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो । ‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ । निश्चिन्त रहन म आग्रह गर्छु ।’ भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उहाँले बताउनुभयो..

इलामको श्रीअन्तुबाट देखिएको झुल्के घामको दृष्य (भिडियो)
२ जेष्ठ, काठमाण्डौँ । इलामको श्रीअन्तुबाट देखिएको झुल्के घामको दृष्य आन्तरीक तथा बाह्य पर्यटकहरु अवलोकन गर्दे https://www.youtube.com/watch?v=dvSj8qI_7Us

अतिक्रमित नेपाली भुमी कालापानी आसपासको दृश्य (भिडियो)
२ जेष्ठ, काठमाण्डौँ । भारतले एकतर्फी रुपमा निर्माण गरेको मानसरोवर सडकको छेउ छङरुमा नेपाल सरकारले सशस्त्र प्रहरिको बिओपी स्थापना गरेको छ । त्यस क्षेत्रबाट देखिएको दृश्य- https://www.youtube.com/watch?v=Jxp6EaG3QTU

हिकस राईको निर्देशनमा `खुसी लुटिएरै´ बोलको म्युजिक भिडियो सार्बजनिक (भिडियाे सहित)
६ चैत्र, झापा । गायक लेखु मुखिया (भोटे)को ‘खुशी लुटिएरै’ बोलको गितमा बनेेेको भिडियो सार्वजनिक गरिएको छ । निर्देशक हिकस राईको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु बियल राई, आशा लेप्चा र गौरव राईको अभिनय हेर्न सकिन्छ । छायाङ्कन तथा सम्पादन निर्देशक आफैले गरेका छन् । गीतकार सुकुमार बराइलीको शब्द रचना तथा बिष्णु अधिकारीको संगीत संयोजन रहेको सो गीत ओकल रेकर्डिङ स्टुडियो, अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो । इलामको फिक्कलमा छायाङ्कन..

दुई महिनाभित्र नारायणी नदीमा ‘मिनी पानीजहाज’ चल्ने पक्का
४ साउन, चितवन । निर्माणाधीन ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा।लिले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको छ । राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माण गरिरहेका छन् । भारतीय र नेपाली गरी ५० जना खटिएका..