६ चैत्र, झापा । गायक लेखु मुखिया (भोटे)को ‘खुशी लुटिएरै’ बोलको गितमा बनेेेको भिडियो सार्वजनिक गरिएको छ ।
निर्देशक हिकस राईको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु बियल राई, आशा लेप्चा र गौरव राईको अभिनय हेर्न सकिन्छ । छायाङ्कन तथा सम्पादन निर्देशक आफैले गरेका छन् ।
गीतकार सुकुमार बराइलीको शब्द रचना तथा बिष्णु अधिकारीको संगीत संयोजन रहेको सो गीत ओकल रेकर्डिङ स्टुडियो, अनामनगर काठमाडौंमा रेकर्ड गरिएको हो ।
इलामको फिक्कलमा छायाङ्कन गरिएको सो म्यूजिक भिडियो केटाले प्रेममा धोका पाएको कथामा आधारित रहेको बताइएको छ । प्रेममा धोका खाएर पनि जीवन संघर्षबाट विमुख हुनु हुदैन भन्ने सन्देश दिन खोजिएको छ ।
सो म्युजिक भिडियाे निर्देशक हिकस राईले इलामबाट संचालन गर्दै आएको युटुव च्यानल HKR present मा सार्वजनिक गरिएको छ ।