कोशीमा माओवादी मन्त्रीहरूले राजीनामा दिदैँ

११ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले बाहिरिने तयारी गरेको हो । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् । यस्तै वन्दना झाँगड पर्यटन बन तथा..

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ ।

१७ असार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ । सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकमा आगामी आर्थिक वर्षमा १५ लाख रुपैयाँ भन्दा कम रकम विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सहमति भएपछि कांग्रेस प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो । कृषि, सशर्त अनुदान, क्रमागत र मर्मततर्फ बाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणमा ३० लाख भन्दा मुनिका..

उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ बिदेशी मुद्राको भाउ l

९ असार, । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । यसअघि शुक्रबार यो मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ । आइतबार कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ..

पश्चिम सुर्खेतमा खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिए महिला

३१ जेठ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाका महिलाले खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिएका छन् । बिहीबार रेक्चाका नागरिकले खाली गाग्री बोकेर नारा जुलुस सहित नगरपालिका घेराउ गरेका हुन् । रेक्चामा विगत लामो समय देखी खानेपानीको समस्या भोग्दै आएको आन्दोलनमा उत्रिएका एक जनाले बताएका छन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयबासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् । रेक्चावासीले खाने पानीको कुवा खडेरीले सुकेपछि त्यहाँका..

कार्यक्रमस्थलमा बेहोस भएर ढलेका लेखा अधिकृतको उपचारका क्रममा मृत्यु

२९ जेठ । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले बताएका छन्। मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो । उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए..

दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण

२८ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्। आइतबार उनले उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हललगायत संरचनाको निरीक्षणसँगै प्रगति विवरणबारेमा जानकारी लिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जायलले पूर्वाधारको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै..

चुलाचुलीमा पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन

२७ जेठ, इलाम । चुलाचुलीका गाउँपालिकामा आज पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन भएको छ । आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला समिती इलामको आयोजनामा चुलाचुलीमा भएको एक अभिमुखीकरण कार्यक्रमकाबीच वैदेशिक रोजगारबाट फर्किएका चुलाचुली ५ का तुलवहादुर तामाङको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको हो । कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले नेपालमा विदेश जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले यसलाई व्यवस्थित र शुरक्षित वनाउन..

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

२३ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । यसपटक..

विनोदकुमार शाहले लिए मन्त्रीको शपथ

  ९ जेठ । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका थिए । अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।

कर्णालीमा माओवादीबाट तीन जना मन्त्री नियुक्त

१८ बैशाख । कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट तीन जना मन्त्री नियुक्त भएका छन् । मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् । तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । कुन व्यक्तिलाई को मन्त्रालय दिने भन्ने विषय भने बाहिर आएको छैन । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २ः३० बजे रहेको छ । यस्तै माओवादीबाट..