एमालेको निषेध छल्दै विद्यालाई भेट्न मोरङमा नेताहरुको लर्को

विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् । भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका बन्द गरिसकेको छ, तर पार्टीपंतिमा उनीप्रति आकर्षण र क्रेज यथेष्ट रहेको बिराटनगर यात्रामा पनि देखिन्छ । उनलाई स्वागत गर्न कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी लगायत विमानस्थलमा पुगेका..

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्राप्त

२८ साउन, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ..

झलनाथ भेट्न पुगे वामदेव

२४ साउन, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम पुगेका छन् । खनाल निवास डल्लुमा अहिले समसामयिक राजनीतिमा छलफल चलिरहेको खनाल सचिवालयले जनाएको छ । नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन् । अध्यक्ष माधव नेपालसँग नेता खनालको वाक युद्ध चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । माधव–झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी..

रुपन्देही–३ उपनिर्वाचन : ठुला दललाई मोर्चाले चुनौती देला ?

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । आन्तरिक रुपमा उम्मेदवार छनोटदेखि बुथ कमिटी गठनसम्मका काममा दलहरु व्यस्त छन् । खास प्रतिस्पर्धी दल कुन–कुन होलान् ? कांग्रेस, एमाले, रास्वपा, राप्रपा र मधेस केन्द्रित दलहरुबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यी सबै दल उम्मेदवार टुंगो लगाउने प्रक्रियामा छन् । मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार..

इलामकी अखिल नेतृ सौरबीलाई TSAN राष्ट्रिय कमिटी ईन्चार्जको जिम्मेवारी

१६ साउन, इलाम । अनेरास्ववियुले सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरुको कार्य विभाजन गरेको छ । गत असार १४ देखी १६ गतेसम्म धुलिखेलमा अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको अध्यक्षतामा र एमाले महासचिव शंकर पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न केन्द्रिय सचिवालय बैठकले विद्यार्थी नेताहरुको कार्यविभाजन गरेको हो । इलामबाट सचिवालय सस्यमा निर्वाचित एकमात्र विद्यार्थी नेतृ सौरवी सुनुवारले सान राष्ट्रिय कमिटी TSAN (Technical Students Association Of Nepal) को ईन्चार्जको जिम्मेवारी प्राप्त गरेकी छिन् ।..

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन् । नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत..

बागमतीमा नयाँ सरकार गठनको विकल्प के हुन्छ ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएपछि नयाँ सरकार गठन प्रक्रियामा अन्योल देखिएको छ । तर कांग्रेस नेतृत्वले बालुवाटार पुगेर यो समस्याको निकास दिने जानकारी एमाले नेतृत्वलाई गराएको छ । तर, दलभित्रै सहमति नजुट्दा सहजै मुख्यमन्त्रीको कुर्सी हस्तान्तरण नहुने अवस्था छ । लामा गत वर्ष साउन ८ गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसैले संवैधानिक बाध्यताअनुसार राजीनामा नदिएमा अविश्वास..

भ्रष्टाचारको फाईल खोल्न थालेपछि अख्तियार प्रमुख राई विरुद्ध श्रृखलाबद्ध प्रोपोगान्डा

काठमाडौं  । गत ७ साउन २०८२ मा विशेष अदालतले वाइडबडी विमान किन्दा भएको भ्रष्टाचार मुद्दाको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्याे । अख्तियारले २२ चैत २०८० मा २४ जना नेपाली अधिकारी र ८ विदेशी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले २० मंसिर २०८१ मा फैसला दिएको थियो । समान्यतय विशेष अदालतले सार्वजनिक गर्ने फैसलाको पूर्ण पाठहरु..

विद्या भण्डारीले भनिन्– माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ

६ साउन, काठामाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा नेतृत्वको दाबी नछाड्ने बताएकी छिन् । आफ्नै निवास भंगालमा केही पत्रकारसँग कुराकानी गर्दै भण्डारीले उक्त दाबी गरेकी हुन् । पत्रकारसँग उनले भनिन्, 'म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।' भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै एमालेको आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा..

राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन

५  साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र तीव्र मतभेद बढेका बेला वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उनीनिकट नेताहरू मौन छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नवराज सुवेदी र सगुनसुन्दर लावती तथा साउन २ गते मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए। सुवेदी अनुशासन समिति अध्यक्ष, लावती प्रवक्ता र गिरी उपाध्यक्ष तथा केन्द्रीय सदस्य थिए। उनीहरूलाई विगतमा अध्यक्ष लिङ्देनले नै मनोनीत गरेका थिए। अध्यक्ष लिङ्देनले नेताहरूमाथि गरेको कारबाही विधानसम्मत नभएको..