राजनीति
गगन थापाको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा परिणामलाई लिएर नैतिक रूपमा राजीनामा दिए पनि त्यसलाई कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले राजीनामा अस्वीकार गर्नुका आधार पनि प्रस्तुत गरेको छ । जुन यस्ता छन् । राजीनामा अस्वीकार गर्ने आधारहरू; निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको वर्तमान जटिल..
रास्वपाका शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा
५ चैत्र, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतृत्व सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सीट जितेको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिसकेको छ ।
इलाम क्षेत्र १ मा कांग्रेसका उम्मेदवार निस्कल राई विजयी
इलाम । इलाम क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन् । कांग्रेसलाई नै सबैभन्दा ठूलो क्षति गरेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जितको लहर चलिरहेका बेला यो क्षेत्र भने कांग्रेसले २६ वर्षपछि आफ्नो पक्षमा फर्काउन सफल भएको हो । भर्खरै सकिएको मतगणनामा ३५ वर्षे राई १४ हजार ५ सय ४३ मतसहित विजयी भएका छन् । राईले यो मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ..
इलाम २ मा एमालेको ३ दशकयताको विरासत जोगाउन सुहाङ सफल
इलाम । इलाम क्षेत्र २ मा नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ । एमालेका युवा केन्द्रीय सदस्य सुहाङ नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । भर्खरै सकिएको मतगणनामा नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यको १४ हजार ६ सय ५० मत आचार्यको मत आएको छ । श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४..
निर्वाचन गराउन साइपाल लागे कर्मचारी, तीन दिनसम्म पैदल यात्रा
बझाङ । दुर्गम हिमाली जिल्ला बझाङको साइपाल गाउँपालिका अन्तर्गतका मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बोकेर तीन दिनसम्म पैदल हिँड्दै कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीले सदरमुकाम चैनपुरबाट निर्वाचन सामग्री बुझेर यात्रा सुरु गरेका हुन्। मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले दुर्गम भौगोलिक अवस्थाका कारण सम्बन्धित मतदान केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल..
१६ महिनापछि फेरि भोट माग्दै- व्यक्तिगत शालीनताले मतदाताको मन जित्न खोज्दै सुहाङ
इलाम । चुलाचुली-५ पोखरी डाँडाका दिलिपकुमार दियाली पत्नी कल्पनासहित सोमबार बिहान खेतमा मकै छर्दै थिए । झापाको दमकसँग जोडिएको चुलाचुलीको यो क्षेत्र सुख्खाग्रस्त भूमि हो, सिंचाइका कारण अहिले हराभरा भएको छ । सुख्खायाममा मरूभूमि जस्तो हुने यो क्षेत्रमा टाढाबाट सिँचाइ कुलो आएपछि जीवनस्तर सुधारिएको स्थानीयको भनाइ छ । ‘यो क्षेत्रमा भएको विकासले हामी सुवास नेम्वाङलाई सम्झिन्छौं, सुवास नेम्वाङको निधन भएपछि उनका छोरा हाम्रो ठाउँको सांसद बने । सुहाङ पनि बाउ जस्तै..
आत्मसमीक्षा सहित सुहाङको प्रतिबद्धता: इलामको ‘ग्लोबल ब्राण्डिङ’ देखी किरात भाषा संरक्षणसम्म
१२ फागुन, इलाम। प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो विस्तृत चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक जीवनमा बढेका अपेक्षा र विगतका अपूर्णताहरूबारे आत्मसमीक्षा गर्दै उनले अब परिणाममुखी काम, प्रत्यक्ष जनसंवाद र जवाफदेहितालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रतिबद्धता पत्रमा उनले इलामसहित पूर्वी पहाडको समग्र विकासका लागि भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार, युवालाई रोजगारी, वातावरण संरक्षण र..
आँगनमा पुगेको कालोपत्रेमा उभिएर अहिलेसम्म के भयो भन्छन्- ओली
११ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्। 'जहाँ उभियौं त्यहाँबाट वरिपरि हेरियो भने एमालेले गरेको विकास देखिन्छ। विकास हाँक्ने र विकास गर्ने पार्टी एमाले हो भनेर सबैलाई थाहा छ,' उनले भने। तर मानिसहरू विकास भएको..
माङसेबुङ गाउँपालिका उपाध्यक्ष नेम्वाङ सहित ४ सय जना एमाले प्रवेश
६ फागुन, इलाम । इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । मंगलबार माङसेबुङ गाउँपालिका–६ चिसोपानी पञ्चमी बजारमा आयोजित एमालेको चुनावी भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनी औपचारिक रूपमा एमालेमा सामेल भएका हुन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुहाङ नेम्बाङलगायत नेताहरूले नेम्बाङलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा..
हात्तीको कहरबाट जोगाउनेलाई मत
झापा, ५ फागुन । मेचीनगर – १ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उहाँको भनाइ छ । भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर(१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७