९ असार , काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश सरकारमा तीन जना सांसद रहेको जसपाभित्र दुई जना अशोक राईतिर र समानुपातिक सांसद अम्बिका काफ्ले यादवतिर गएका छन् ।
जसपा, नेपालले लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
दलको प्रमुख सचेतक रहेकी काफ्लेले लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई दिएको समर्थन फिर्ता लिएकी हुन् । जेठ ५ गते पार्टीको लुम्बिनी प्रदेशको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
राई नेतृत्वका दुई सांसद आदेश अग्रवाल र दल नेता भण्डारीलाल अहिर कृषि तथा भूमिव्यवस्था मन्त्री छन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको काफ्लेले विज्ञप्तिमा उल्लेख गरेको छिन् । काफ्लेले समर्थन फिर्ता लिए पनि लुम्बिनी सरकार अल्पमतमा पर्दैन । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा ४४ सांसद भए बहुमत पुग्छ ।
अहिले एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जसपाका २ नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद खडक बस्नेतसहित ४७ जना सांसदको समर्थन कायमै रहेको छ ।