राजनीति
प्रधानमन्त्री प्रचण्डले आज पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने
२८ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
२८ असार, काठमाण्डौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।
गगन, शेखर र विश्वप्रका सरकारमा नजाने, प्रकाशमानको संभावना बढ्दै
२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ ।..
मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर
२७ असार, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । आज (बिहीबार) विशेष अदालतका न्यायाधीशत्रय अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । गीताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षको जागिर खाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीको आधारमा छानविन गरी गीताविरुद्ध मुद्दा दायर गरेको थियो । उनी..
संसदमा मतदानलगत्तै ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदको लिखित समर्थन तयार
२७ असार, काठमाण्डौँ । सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ । नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको..
देउवा भेट्न पुगे प्रकाशमान दम्पती, देखाए सरकारमा जाने ईच्छा
२७ असार, काठमाण्डौँ । सरकारमा जाने तयारीमा रहेको नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका आकांक्षी छन् । यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सरकारको नेतृत्व गरेर जान सिनियर नेताहरूले सभापति देउवासँग भेटघाट गरिरहेका छन् । हालैमात्र दिल्लीमा उपचार गराएर फर्किएका कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले बुधबार बिहान देउवालाई भेटेर आफ्नो स्वास्थ्य अवस्था र सरकारमा जाने चाहना खुलेरै व्यक्त गरेका छन् । पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले..
बूढानीलकण्ठमा देउवा र ओलीबीच दुई घण्टा छलफल
२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए । कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि..
ओली नेतृत्वको सरकारमा मन्त्री बन्न गगनको ‘लविङ’
२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा क–कसलाई पठाउने भनेर पार्टीभित्र आधिकारिक रुपमा छलफल सुरु नगर्दै नेताहरुले भने मन्त्री बन्नकोलागि सक्रियता बढाएका छन् । यसपटक कांग्रेसबाट पदाधिकारी तहबाटै सरकारको नेतृत्व गरेर जाने कि अरु कसैलाई पठाउने भनेर सभापति शेरबहादुर देउवा कुनै निश्कर्षमा पुगिसकेका छैनन् । तर, महामन्त्री गगनकुमार थापाले भने आफूपनि सरकारमा सहभागी हुनेगरि आफूलाई मुभ गराएका छन् । महामन्त्री थापाले नै..
रबिले पार्टीलाई क्लब जस्तो गरि चलाएः मुकुल ढकाल
२६ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । आज बुधबार पत्रकार सम्मेलन गर्दै डा.ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् । आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् । उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा..
असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने ओलीको भनाई
२६ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भएपनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् । असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन् । प्रचण्डले सो दिन विश्वासको मत (१३८ सांसदको साथ) प्राप्त..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७