मलाई सरकारबाट हटाउन सजिलो छैन, जादुमय नम्बर साथमा छः प्रधानमन्त्री प्रचण्ड

८ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । आज शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको..

रमेश लेखक भन्छन्- बजेटप्रति प्रधानमन्त्री नै सन्तुष्ट हुनुहुन्न

६ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको..

नेपाल–चीन सीमा विवाद समाधान गर्न परराष्ट्र सचिव स्तरीय बैठक बस्ने

६ असार । नेपाल–चीन सीमा समस्या समाधानका लागि दुई देशको परराष्ट्र सचिव स्तरीय बैठक बस्ने भएको छ। त्यसको लागि बुधबारदेखि संयुक्त विज्ञ समूहको बैठक चीनमा जारी छ । उक्त समूहले निकालेको निष्कर्षका आधारमा दुई देशका परराष्ट्र सचिव स्तरीय बैठक असार ११ गते नेपालमा बस्ने भएको हो । २०६३ मा संयुक्त विज्ञ समूहको गठन भएको थियो । त्यसको पहिलो बैठक नेपालमै बसेको थियो । दोस्रो बैठक २०६९मा चीनमा बस्ने भनिएपनि तत्कालीन..

प्रदेश सभा बैठकमा सहभागी हुन प्रतिपक्षी दल तयार

६ असार, विराटनगर । आर्थिक वर्ष २०८१र८२ को बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिस्कार गर्दै आएका प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन तयार भएका छन्। बुधबार सरकारसँग भएको छलफलपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राप्रपा आर्थिक विधेयक माथिको छलफलमा सहभागी हुन तयार भएका हुन् । बुधबारदेखि आर्थिक विधेयक माथिको छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशसभाको १० औं बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाले बहिस्कार..

रवि लामिछाने भन्छन्- जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो

६ असार । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन्। श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको..

बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै

५ असार । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न ८ मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार बुधबार अपराह्न बस्ने दोस्रो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकेर असार..

नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न एमाले सांसद पन्तको प्रस्ताव

५ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न प्रस्ताव गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने उनको भनाइ छ । ‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘तयसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ,..

बालेनले नेपाललाई जर्मनी बनाउन खोजेको हो ?-अमरेशको प्रश्न

५ असार । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लोकप्रियताका नाममा तानाशाही बन्न लागेको भन्दै कवाड व्यवसायीमाथि भएको दमनको विरोध गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कवाडीले व्यापार गर्न नपाउने र मेयरले अदालतको आदेश मान्न नपर्ने भन्दै प्रश्न गरे । ‘पपुलिजमका नाममा दुनियाँमा तानशाही जन्मेका छन् । हिटलर पनि निर्वाचित भएरै आएको थियो । तर हिटलरका कारण जर्मनीको के हाल भयो ?’,..

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

५ असार । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ। दुग्ध किसानले बुधबार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जना भन्दा बढी किसानलाई पक्राउ समेत गरेको थियो । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख..

स्वदेश फर्किए राष्ट्रपति पौडेल

५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन्। उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड..