राजनीति
नाउपाले फिर्ता लियो प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन
२६ असार, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको छ । नाउपाले हालै संसदीय दलको नेता फेरेको थियो । रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर अरुण चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले पर्सी संसदबाट विश्वासको मत लिँदैछन् । यस..
नयाँ सरकारमा एमालेबाट मन्त्री बन्न सांसहरुको दैडधुपः को को छन् चर्चामा ?
२५ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २८ गतेपछि बन्ने नयाँ सरकारमा मन्त्री बन्नका लागि सांसदहरुले दौडधुप थालेका छन् । एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार ओली प्रधानमन्त्री हुने र त्यसमा कांग्रेसबाट १० जना र एमालेबाट ९ जनाले मन्त्रीको जिम्मेवारी पाउनसक्ने आंकलन छ । एमालेको भागमा पर्ने ९ मन्त्रालयका लागि अहिले २ दर्जनजति सांसद लबिङमा लागेका छन् । को को छन् चर्चामा एमालेले गत फागुनमा..
नगरसभा सदस्यको बालेनलाई सुझावः नेतालाई गाली गरेर तपाईको हैसियत बढ्दैन
२५ असार, काठमाण्डौँ । फेसबुकबाटै स्थगन भएको काठमाडौं नगरसभाको १५औं अधिवेशनले नीति तथा कार्यक्रम पारित गर्दा नगरसभा सदस्यहरुले मेयर बालेन्द्र शाहलाई अरुको पनि सम्मान गर्न सुझाव दिएका छन् । आज मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न गरिन् । उनले सामाजिक सञ्जालबाटै नगरसभा चलाउन लागेको हो कि भनेर मेयरलाई प्रश्न गरेकी हुन् । वडा नम्बर ३..
संविधानको धारा ७६ को २ अनुसार नै सरकार बन्छः शेखर कोईराला
२५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन्। जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताए।
एमाले–कांग्रेस सरकारको गृहमन्त्रीमा रमेश लेखक करिब निश्चित
२५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसभित्र अब बन्ने एमाले–कांग्रेस सरकारमा मन्त्री पठाउनेबारे छलफल थालिएको छ । सभापति शेरबहादुर देउवाले यसपटक गृहमन्त्री बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेश लेखकलाई पठाउने करिब निश्चित भएको छ । नेता लेखक देउवाका विश्वापात्र हुन् । कांग्रेस–एमाले नयाँ गठबन्धनको सूत्रधारको रुपमा चिनिएका लेखक यसपटक गृहमन्त्री बन्ने पक्का भएको बुढानिलकण्ठ स्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले पनि नेता लेखकलाई नै रुचाएका छन् । कांग्रेस र..
महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न अनुशासन आयोगको सिफारिस
२५ असार, काठमाण्डौँ । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय..
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशीका मुख्यमन्त्री कार्की २८ गते पर्खदैँ
२४ असार, विराटनगर । केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरसँगै कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीविरुद्ध प्रदेश सभामा संकल्प प्रस्ताव पारित गराएर मुख्यमन्त्री बनेका हिक्मत कार्कीले फेरि कांग्रेसँग मिल्नुपर्ने भएको छ । केन्द्रीय सत्ता समीकरणमा आएको उलटफेरले पुनः प्रदेशहरुमा हलचल मच्चिएको छ । माओवादीबाट मुख्यमन्त्री रहेका प्रदेश सरकारहरु अल्पमतमा परिसकेका छन् । कोशीका मुख्यमन्त्री कार्की भने अहिले आफूले कसैलाई सरकार छाड वा बस..
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता l
महेन्द्रनगर (कञ्चनपुर) — कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको..
सहसचिवको घरमा चोरी गर्ने समूहमा एमाले जिल्ला कमिटीका पूर्वसदस्य !
काठमाडौं । गत जेठ २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकजना सहसचिवको घरमा चोरी भयो । ललितपुर भैँसेपाटी बस्दै आएका सहसचिवले घरबाट सुनका गरगहना तथा नगद गरी २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको उजुरी प्रहरी दिएका थिए । चोरीको उजुरीपछि ललितपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीब्र पार्यो । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले चोरीमा संलग्न रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर..
भुटानमा तेस्रो सन्तान जन्माउने आमालाई तीन वर्षसम्म रकम दिइने l
थिम्पु । भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ । सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् । न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लागि नयाँ कार्यक्रम ल्याउन लागिएको जनाइएको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७