फुङलिङ नगरपालिकाका इञ्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ l

फुङलिङ नगरपालिकाका इञ्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ l

१७ असार,
फुङलिङ नगरपालिकाका सवइञ्जिनियर (छैटौं तह) को अख्तर हुसैन एक लाख घुस रकमसहित सोमबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस (रिसवत) मागिरहेको भन्ने सूचनाका आधारमा इटहरीबाट टोली खटिएको र घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । इन्जिनियर हुसैनले फुङलिङ नगरपालिका-२ तारेबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट रकम मागेको निर्माण ब्यवसायी विरवहादुर तामाङले बताए।

आफूले ठेक्का मार्फत गरेको काम सम्पन्न भएपछि हुसैनले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको उनले बताए तामाङले भने, ‘मैले ४७ सय मिटर माटो काटेर फाल्ने लगायतको काम गर्नुपर्ने थियो । तर त्योभन्दा बढी ५७ सय मिटर जति काम गरें । त्यो बापतको ६ लाख ६४ हजार ५सय ४१ रुपैयाँ भुक्तानी आउनु पर्ने थियो। काम सम्पन्न भएर रकम माग गर्दा देखिनै उहॉ (अख्तर) ले पैसा माग्न थाल्नुभयो । उहाँले पछि मलेपको टोलीलाई दिनुपर्छ भन्दै २० प्रतिशत माग्नुभयो । मैले कसरी दिन सकिन्छ, पैसा बराबरको काम गरेको छु भनेपछि पनि उहाँले धर दिनु भएन र लगातार फोन गर्न थाल्नुभयो । २० बाट घटेर १५ प्रतिशत दिनु भन्नुभयो । त्यसपछि अख्तियारको कार्यालयमा खबर गरें । उहाँहरु आएपछि उहाँको निवासमा गएर उहाँले मागेको एक लाख पैसा दिएँ । त्यसपछि अख्तियारको टोलीले गएर खान तलासी लियो ।’

काम सम्पन्न गरेर पनि आफूलाई भुक्तानी लिन निकै हैरानी दिएको तामाङले गुनासो गरे । नगरपालिका उपप्रमुख नेतृत्वको टोलीले अनुगमन गर्नुपर्ने, अनुगमन गरेरपनि उपप्रमुखले पहिला प्राविधिकलाई सही गराउनु भन्ने, प्राविधिकले उपप्रमुखलाई सही गराउनु भन्ने जस्ता हैरानी दिएको तामाङको गुनासो छ ।

फुङलिङका इञ्जिनियर हुसेनको घरमा अख्तियारको छापा | Nagarik News

प्रतिक्रिया:

सम्बन्धित खवर