समाचार
इलाममा दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालियो- ‘निशान पदमार्ग’को विकास गरिने
२२ फागुन, इलाम । इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ । इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’का रूपमा..
प्रिति राईको सफल शल्यक्रिया, चाँडै मैदान फर्कने
२२ फागुन, काठमाडौं । राष्ट्रिय महिला टिमकी खेलाडी प्रिति राईको सफल शल्यक्रिया भएको छ । वाफ वुमन्स च्याम्पियनसिपको दौरान चोट बोकेकी प्रितिको बि एण्ड बि अस्पतालमा सफल शल्यक्रिया भएको हो । प्रतियोगिताको दौरान उनले दायाँ घुडाँमा चोट बोकेकी थिईन् । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै प्रितिको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताएको छ । उमेर समूह हुँदै राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएकी प्रिति सिनियर टिमकी महत्वपुर्ण सदस्य बनेकी छिन् । ..
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे दुई मन्त्रीलाई बर्खास्त
२२ फागुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन् । माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् । यसअघि गण्डकी..
त्रिकोणात्मक क्रिकेट सिरिज- फाइनल खेलमा नेपालद्वरा नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य
२२ फागुन, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले । कप्तान रोहित पौडेलले २५ रन बनाउँदा..
धारिलो हतियार प्रहार गरी मोरङमा १५ बर्षिया बालिकाको हत्या
२२ फागुन, मोरङ । मोरङको पथरीशनिश्चरे-७ स्थित लामाटोलीमा गएराति १५ बर्षिया बालिकाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न जाँदा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए । मृतक राईको शव घर र शौचालयको बीचमा फेला..
दोस्रो क्वार्टर फाइनलमा आज एनआरटी र चर्च ब्वाइज भिड्दै
२२ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपको दोस्रो क्वार्टर फाइनल खेलमा आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ भिड्दैछन् । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम (एनआरटी) ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो । लिग लिडर चर्च ब्वाइज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ । एनआरटीलाई..
१२ वर्षीया बालिका बलात्कारको आरोपी ११ महिनापछि पक्राउ
२२ फागुन, सर्लाही । सर्लाहीमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१० का टेके सार्की रम्तेल छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधि ज्ञवालीका अनुसार सार्कीले ११ महिनाअघि ईश्वरपुरकै फुलजोर खोलामा एक बोल्न नसक्ने बालिकालाई बलात्कार गरेर फरार भएका थिए । उनीलाई सर्लाही प्रहरीको टोलीले ११ महिनापछि उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सार्कीले गएको वैशाखमा ती बालिकालाई बलात्कार..
लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तयार
२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निमन्त्रणमा अध्यक्ष ठाकुर र नेता शरतसिंह भण्डारी उनलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका थिए । भण्डारी अघिल्लो सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । मन्त्रीकै हैसियतमा विदेशमा रहेका बेला उनलाई प्रधानमन्त्रीले पदबाट हटाएका थिए । भेटमा प्रधानमन्त्रीले सत्ता गठबन्धन र सरकारमा सामेल हुन आग्रह गरेको लोसपाका महामन्त्री डा. सुरेन्द्र..
महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा, च्यासल रंगशालमा महिला युथ एकेडेमी स्थापना गर्ने
२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव..
लामिटार सिंचाई योजनाको काम अलपत्र
२२ फागुन, इलाम । सिचाई डिभिजन कार्यलय इलामको योजना रहेको लमिटार सिचाई योजना अझै अलपत्र छ । रोङ गाउँपालिका ६ सबिक जिर्मले ९ लामिटार टोलका किसानले उपभोग गर्ने उद्देश्यले स्थानिय तह बन्नु भन्दा अगाडी ल्याएको योजना अझै सफल हुन सकेको छैन । सिँचाइ अलपत्र हुँदा स्थानिय बासिन्दाले सास्ति खेप्नुपरेको छ । खेतिकेसानीमा निर्भर रहेका त्यहाँका स्थानियहरु सिँचाइ योजना अलपत्र हुँदा दुखि छन् । लमिटार सिचाइ योजनाको कामले निरन्तर नपाउँदा स्थानिय..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७