प्रतिनिधिसभा बैठक आज बस्दै

२४ फागुन । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

२४ फागुन । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउने बताएका छन् । बुधबार गृह मन्त्रालयमा पदबहाली गरे संगै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताएका हुन् । उनले भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ,“नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा..

महिला साफ यु१६ प्रतियोगिता- नेपाल र भारत भिड्दै

२४ फागुन । साफ यू–१६ महिला फुटबल खेलमा आज नेपालले भारतको सामना गर्दै छ । खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । जारी खेलमा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी भुटानले..

दमकका श्रीनयले आफ्नो पहिलो जन्मदिनमा पाए जीवन बिमा उपहार

२४ फागुन, दमक । दमक–९ का श्रीनय सेडाईले आफ्नो पहिलो जन्मदिनमा बिमा उपहार पाएका छन् । दिपेश सेडाई र श्रीमती लक्ष्मी पौडेल सेडाईले छोरालाई पोलिसी उपहार दिएको हो । छोराको पहिलो जन्मदिनमा ५ लाखको बाल किरण बिमा पोलिसि उपहार दिएर एक पुन्यको काम गरेको श्रीनयका बुबा दिपेश बताउछन् । उनले आइएमईलाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गरी आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित गर्न पाउदा एकदमै खुशि लागेको बताए । बिमा पोलिसि..

डिफेन्डिङ च्याम्पियन आर्मी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा

२४ फागुन, बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन्..

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा जानेबारे निर्णय गर्ने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ । सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई बार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिएलगत्तै नेताहरु प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् । एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक..

‘एमाले बाहेक अरु केही सोच्न सक्दिन्’- सुहाङ नेम्वाङ

२३ फागुन, इलाम । बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैन। निर्वाचनको मिति घोषणालगत्तै ‘जनताका भावना बुझ्ने’ भन्दै अहिले उनी इलाममै छन्। एमालेले सुहाङलाई नै उम्मेदवार बनाउने चर्चा छ। तर, सुहाङलाई इलाम २ को उपनिर्वाचनको टिकट दिने चाहना एमालेले भन्दा अर्को पार्टीले बढी राखेको छ र त्यही अनुसार उनलाई आफ्नो पार्टीमा भित्र्याउन प्रयास पनि गरिरहेको छ। पुराना दलहरुलाई चुनौती दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि..

ला लिगा अध्यक्ष मेड्रानोसँग नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल

२३ फागुन, काठमाडौँ ।  स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदुत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताब राखेका थिए । मड्रिडस्थित ला लिगाको मुखयालयमा मंगलबार झण्डै एक घण्टा भएको भेटका क्रममा राजदुत ढकालले ला लिगाका अध्यक्ष..

नारायणकाजी श्रेष्ठलाई दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा

२३ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्रीमा दोहोरिने भएका छन् । पाँचौँ पटक मन्त्री बन्न लागेका श्रेष्ठले दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा पाउन लागेका हुन् । यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । नारायणकाजी श्रेष्ठलाई फेरि परराष्ट्र मन्त्रालयको जिम्मा बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म उनी उपप्रधान एवं गृहमन्त्री थिए ।..

रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै

२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल..